मन्त्रीले मागे अजितको राजीनामा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङलाई राजीनामा दिन भने पनि तामाङले अटेर गर्दै आएका छन् । लुम्बिनी क्षेत्रका समस्यालाई लथालिंग छाडेर केही दिनयता काठमाडौंमै बसिरहेका सदस्य–सचिव तामाङलाई मन्त्रीले ‘कि लुम्बिनीको समस्या समाधान गर्नुप¥यो, होइन भने राजीनामा दिनुप¥यो’ भने पनि उनले दुवै काममा चासो नदिएको बताइन्छ ।
कोषका सदस्य–सचिव तामाङको राजीनामा माग गरेर कोषमा ज्यालादारीमा काम गर्दै आइरहेका रवीन्द्रनाथ शुक्ला विगत १० दिनदेखि आमरण अनशनमा बसिरहेका छन् । कोषको मूलगेटमै अनशन बसिरहेका शुक्लालगायत आन्दोलनकारीहरूको मागबारे सम्बन्धित निकायमा कुरा पु¥याउन र त्यसको समाधान खोज्न छाडेर तामाङ काठमाडौं बस्दै आइरहेका छन् । शुक्लाले आमरण अनशन थाल्नुअघि नै तामाङ काठमाडांै आएका थिए । काठमाडौंमै रहेका तामाङलाई मन्त्री शाहीले समस्या समाधान गर्न वा राजीनामा दिन अनुरोध गरेका थिए । तर, माओवादी केन्द्रनिकटका तामाङले भने न त आन्दोलनकारीहरूको मागलाई सम्बोधन गर्न चाहिरहेका छन्, न त राजीनामा दिएर समाधानको बाटो खोल्ने रुचि नै देखाइरहेका छन् ।
१० दिनदेखि अनशनमा बसेका शुक्लाका मागदेखि लुम्बिनीका अरू समस्याहरूबारे छलफल गर्न केही दिनअघि कोषका उपाध्यक्ष भिक्षु निग्रोध र योजना अधिकृत इमानसिंह मोक्तान लुम्बिनी गए पनि कुनै छलफल नै नगरी एक दिन बसेर काठमाडौं फर्किएका छन् । उपाध्यक्ष र योजना प्रमुखले छलफलका लागि भने पनि आन्दोलनकारीहरूका साथै अरू व्यवसायीहरूले समेत कोषको कार्यालयमा गएर उपाध्यक्षलाई गालीगलौज गर्न थालेपछि आजित भएर उनी काठमाडौं फर्केको बताइन्छ । त्यसो त कोषको सबै जिम्मेवारी उपाध्यक्षको रहने भए पनि उनी प्रायजसो काठमाडौंमा नै बस्ने गरेका छन् ।
लुम्बिनीमा बढ्दै गएको समस्याबारे बुझ्न मन्त्रालयले सहसचिवको नेतृत्वमा तीन सदस्यीय टोली पनि गठन गरेको छ । सो टोलीले केही दिनभित्रै लुम्बिनीको भ्रमण गरेर आन्दोलनकारीहरूका मागबारे बुझ्ने जनाइएको छ । यसअघि, अनशनमा बसेका आन्दोलनकारीका साथै अरू समस्याहरूबारे रूपन्देहीका प्रमुख जिल्ला अधिकारीले छलफलका निम्ति सम्बन्धित पक्षहरूलाई बोलाए पनि कुनै निष्कर्ष निस्कन नसकेको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply