किन महँगो बनाइँदै छ माथिल्लो त्रिशूली–१ ?
काठमाडौं । १ मेगावाट विद्युत् उत्पादन गर्न अहिले १३ करोड रुपैयाँ लाग्ने अनुमान गरिन्छ । त्यति रकमले नभ्याए १÷२ करोड लागत बढ्न सक्छ । तर, माथिल्लो त्रिशूली–१ मा दोब्बरभन्दा बढी नै लागत लाग्ने देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले ‘किन दोब्बर महँगोमा पीपीए गर्ने ?’ भनेर आवाज उठाउन थालेका छन् ।
सूत्रका अनुसार माथिल्लो त्रिशूली–१ मा प्रतिमेगावाट २८ करोड लागत लाग्ने देखाइएको छ । कोरियाका तीन÷चारवटा कम्पनीको ९० प्रतिशत सेयर र नेपाली लगानीकर्ताको १० प्रतिशत मात्रै सेयर रहने सो आयोजनाको मूल लागत ६० अर्ब भनिएको छ । २ सय १६ मेगावाटको सो आयोजनाको बढी लागत हुने भएपछि अहिले प्राधिकरणका कर्मचारीहरू चकित परेका छन् ।
निर्माणाधीन माथिल्लो तामाकोसी ४ सय ५६ मेगावाटको भए पनि त्यसको कुल लागत ३५ अर्ब मात्रै हो । तर, भूकम्पका कारण निर्माण अवधि लम्बिएको हुँदा बढीमा ४५ अर्बमा सो आयोजना सम्पन्न हुने बताइन्छ । तर, माथिल्लो तामाकोसीभन्दा करिब आधाभन्दा बढी नै मेगावाटको माथिल्लो त्रिशूली–१ मा भने ६० अर्बको लागतको कुरा आएपछि प्राधिकरणका कर्मचारीहरूले स्वतन्त्र विज्ञहरूबाट लागतको छानबिन हुनुपर्ने आवाज उठाएका छन् । लागतका आधारमा नै पीपीए गरिने गर्दछ ।
प्राधिकरणका कर्मचारीहरूले माथिल्लो त्रिशूली–१ मा किन लागत बढी भयो भनेर ऊर्जामन्त्री जनार्दन शर्मालाई केही दिनअघि भेटेर सोधेका थिए । तर, मन्त्री शर्माले आफूलाई त्यसबारे प्राविधिक ज्ञान नभएको हुँदा मन्त्रालयकै एकजना सहसचिवलाई भेट्न सुझाव दिएका थिए । मन्त्रालयका सहसचिव दिनेश घिमिरेलाई कर्मचारीहरूले भेट्न चाहे पनि उनी मन्त्रालयमा नभएका हुँदा भेट हुन सकेन ।
यस विषयमा प्राधिकरणका कर्मचारीहरूले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि भेट गरिसकेका छन् । कर्मचारीहरूले घिसिङलाई भेटेर ‘राज्य तल पर्ने गरी सम्झौता नगर्नुस्’ भनेर सचेत गराएका छन् । घिसिङले पनि ‘म तल पर्ने गरी सम्झौता गर्दिनँ’ भनेर कर्मचारीहरूलाई आश्वस्त तुल्याएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply