निगमभित्रै बिचौलियाको बिगबिगी
काठमाडौं । नेपाल वायुसेवा निगमभित्रै जागिर लगाइदिने भन्दै दलाली गर्नेहरूको बिगबिगी भएको छ । त्यसरी दलाली गरेर ३ लाख रुपैयाँ संकलन गर्ने एक कर्मचारी यसपटक पक्राउ परेपछि यसको खुलासा भएको हो ।
यस घटनापछि कर्मचारीहरू भित्रै दलाली गरेर बिचौलियाको काम गर्नेको जालो कत्ति दह्रो रहेछ भन्ने पुष्टि भएको छ । धनगढीका जीवन विष्टले निगममा खुलेको ‘स्टोवार्ड’ पदमा आवेदन गरेको केही महिना भएको थियो । निगमको जागिरका लागि जहिले पनि आर्थिक चलखेल हुन्छ भन्ने बुझाइ रहेकाले उनी अलिअलि पैसा खुवाएर भए पनि जागिरे बन्न चाहन्थे । त्यसका लागि सम्पर्क सूत्रको काम भने निगमकै लोडर तहका कर्मचारी पूर्णप्रसाद पाण्डेले गरेका रहेछन् । काभ्रे घर भएका उनी कनिष्ठ सहायक पदमा करारमा कार्यरत थिए ।
जागिर निश्चित गरिदिने भन्दै विष्टसँग रकम बुझेपछि पाण्डेले आफैं पास भएका तीन तहको परीक्षा पनि भनसुनमा पास गराइदिएको दाबी गरेका रहेछन् । पर्सनालिटी टेस्ट, लिखित र मेडिकल तिनै किसिमको परीक्षा पास गरेका विष्टको जब फाइनल अन्तर्वार्तामा नाम निस्किएन तव यस को रहस्य खुल्यो ।
त्यसपछि कर्मचारीले पाण्डेको खोजी जारी राखे । विष्टको नाम निस्कन नसकेको जानकारी पाएसँगै पाण्डे मोबाइल अफ गरेर फरार रहेका थिए । ताप्लेजुङतिर हान्निएका उनी एयरपोर्टबाटै पीडित कर्मचारीहरूबाट घेरिए । आफूले जागिरको लागि रकम उठाएको तर जागिर लगाउन नसकेको भन्दै उनी सबै कर्मचारीको रकम फिर्ता दिन तयार भए ।
त्यसयता संस्थालाई नै बदनाम गरे कर्मचारीहरूबाट पैसा उठाएको अभियोगमा पाण्डे निगमको जागिरबाट समेत बर्खास्त भइसकेका छन् ।
आफूलाई एमालेका विभिन्न नेतासँग नाम जोड्दै हिँड्ने पाण्डे कृपासुर शेर्पा पर्यटनमन्त्री भएका बेला निगममा भर्ती भएका थिए । कृपासुरको कृपामा निगममा राइँदाइँ गरेका थिए ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply