घरजग्गा कारोबारमा कडाइको संकेत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाहेक अरू सबै ठूला बैंकहरूको कर्जाको सीमा ८० प्रतिशत नाघ्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानीको प्रतिशत नाघ्ने भएपछि अहिले राष्ट्र बैंकले विभिन्न बैंकहरूमा निगरानी गर्न थालेको छ ।
पछिल्लो समय ठूला बैंकहरूमा लगानीयोग्य रकमको अभाव देखिँदै आएको छ । आगामी असार मसान्तभित्र चारगुना पुँजी वृद्धि गर्नुपर्ने दबाबमा रहेका ठूला बैंकहरूले विगत पाँच महिनाको अवधिभित्र अनुत्पादकमूलक क्षेत्रमा व्यापक रूपमा लगानी गरेपछि तरलता संकुचन देखिन थालेको हो । तरलता संकुचनसँगै बैंकहरूमा पर्याप्त पुँजीको अभाव टड्कारो रूपमा देखिँदै आएको छ । अधिकांश वाणिज्य बैंकहरूको कर्जाको सीमा ७६ देखि ७८ प्रतिशतसम्म पुगिसकेको छ । आगामी चौमासिकसम्म यो बढेर ८० प्रतिशत नाघ्ने बताइन्छ । सरकारी बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंकको भने ६८ प्रतिशत मात्रै कर्जाको सीमा रहेको हुँदा सीमा ननाघ्ने जनाइएको छ । तर, अर्काे सरकारी बैंक नेपाल बैंक लिमिटेडको कर्जाको सीमा पनि माथि नै पुगेको छ । तर, सो बैंकले भने १ सय २० दिनको १२ प्रतिशत ब्याजको स्किम ल्याएर सीमा ननघाउने तयारी थालिसकेको छ ।
पछिल्लो समय बैंकर्सहरू र व्यवसायीहरूको मिलेमतोमा एउटा शीर्षकमा कर्जा लिएर अर्कै क्षेत्रमा लगानी गर्न थालेपछि ठूला बैंकहरूमा तरलता संकुचन देखिएको हो । खासगरी, ओभरड्राफ्ट, व्यापारिक कर्जाजस्ता शीर्षकमा ऋण निकालेर घरजग्गा कारोबार तथा सेयरमा लगानी गर्ने प्रवृत्ति बढ्न पुगेपछि समस्या देखिएको हो । अब भने राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा लगानी गर्नमा कडाइ गर्ने संकेत देखाएको छ । विगतमा पनि घरजग्गा क्षेत्रमा अन्धाधुन्ध तरिकाले लगानी गर्दा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले संकट भोग्नुपरेको थियो । विगतको जस्तै समस्या नआओस् भनेर राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा लगानीमा कडाइ गर्न थालेको हो । त्यसका निम्ति राष्ट्र बैंकले चाँडै नै निर्देशन जारी गर्न लागेको थाहा हुन आएको छ ।
ठूला बैंकहरूले उत्पादनशील क्षेत्रमा कम र अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह गर्न थालेपछि समस्या निम्तिएको बताइन्छ । हाइयर पर्चेजजस्ता अनुत्पादक क्षेत्रमा कम र उत्पादनशील क्षेत्रमा बढी ब्याज लिने गरेकामा बैंकहरूको आलोचनासमेत हुँदै आएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply