अखिलले यसरी तोक्दै छ स्ववियु उम्मेदवार
काठमाडौं । आगामी फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मुलुकको पहिलो ठूलो संगठन अनेरास्ववियुले तयारी थालेको छ । केन्द्रीय तहमा स्ववियु निर्वाचन परिचालन समिति गठन गरेसँगै हरेक क्याम्पसहरूमा निर्वाचन परिचालन समिति गठन र भेलाहरू आयोजना भइरहेका छन् ।
करिब आठ वर्षपछि यही फागुन १४ का लागि निर्वाचन निश्चित भएपछि देशव्यापी रूपमा चुनावी माहोल तातेको हो । चुनावी माहोल तातेसँगै सबै संगठन प्रचार–प्रसारमा जुटेका छन् । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध देशैभरिमा गरी करिब ३ सय ५० भन्दा बढी क्याम्पसमा चुनाव लागेसँगै उम्मेदवारको चर्चा–परिचर्चा पनि सुरु भएको छ ।
आगामी निर्वाचनबाट आफ्नो संगठनलाई सबैभन्दा बलियो बनाउने उद्देश्यसहित विद्यार्थी संगठनहरू विभिन्न क्याम्पसमा क्रियाशील पनि बनेका छन् । त्रिभुवन विश्वविद्यालयले स्ववियुमा उम्मेदवार बन्न उमेर हद २८ वर्ष तोकेपछि विगतका निर्वाचनमा जस्तो उम्मेदवारका लागि निकै प्रतिस्पर्धा नहुने देखिएको छ । यसपटक करिब ४ लाख विद्यार्थी मतदाताका रूपमा सहभागी हुँदै छन् ।
त्यसो त सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुले त केही कलेजमा सभापतिको उम्मेदवारसमेत तय गरिसकेको छ । अनेरास्ववियुका संगठन विभाग प्रमुख सुदर्शन शिवाकोटीले भक्तपुर बहुमुखी क्याम्पस र शंकरदेव क्याम्पसमा त स्ववियु सभापतिको उम्मेदवार नै घोषणा गरिसकेको जानकारी दिए । अन्य क्याम्पसहरूमा पनि केही दिनमै उम्मेदवार घोषणा हुने उनको भनाइ छ । उम्मेदवारी दर्ता फागुन ५ गते रहेकाले त्यसअघि नै व्यापक गृहकार्यका साथ एकमुष्ट रूपमा सबै क्याम्पसमा उम्मेदवार तोक्ने योजना रहेको अखिल उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
त्यसो त महेन्द्ररत्न क्याम्पस ताहाचल र पशुपति बहुमुखी क्याम्पसमा पनि सभापति लगभग निश्चित भएको छ । ताहाचलबाट कल्याण गौतम र पशुपति बहुमुखी क्याम्पसबाट एनके राईको निश्चितजस्तै भएको छ ।
उपत्यकाबाहिरका क्याम्पसहरूमा पनि खासै विवाद नभएको अनेरास्ववियुले जानकारी दिएको छ ।
अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले योपटकको स्ववियु निर्वाचनमा योग्यता, क्षमता र दक्षतालाई आधार मानेर उम्मेदवार चयन गर्ने जानकारी दिए । ‘हाम्रो अर्जुनदृष्टि नै निर्वाचन छ,’ उनले भने, ‘त्यसैले, हामी अहिले महाधिवेशनको चर्चा होइन, स्ववियु निर्वाचनको मात्र चर्चा गर्छौं ।’
सचिव सुदेश पराजुलीले पनि त्यस्तै आसय व्यक्त गरेका छन् । ‘हामीले फागुन १४ गतेसम्मका लागि गुटको विश्राम गरेका छौं,’ पराजुलीले भने, ‘स्ववियु निर्वाचनको इतिहास बचाउनका लागि पनि हामीले गुटको अन्त्य गर्नुको विकल्प छैन ।’
उनले हरेक क्याम्पसबाट गुटको होइन, त्यहाँका विद्यार्थीका बीच लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अहिले भर्ना नखुलेकाले केही समस्या भए पनि त्यहाँबाट सञ्जय कार्की, बद्री खतिवडा, सुवास गौतम, सुष्मा पराजुली, प्रेम पाण्डे, मदनराज जोशीलगायतको चर्चा छ । जनमैत्री क्याम्पसबाट विशाल महतको चर्चा छ भने महेन्द्ररत्न क्याम्पस ताहाचलबाट कल्याण गौतम एक्ला उम्मेदवार बनेका छन् ।
सरस्वती बहुमुखी क्याम्पसबाट शंकर गौतमको निश्चितजस्तै देखिएको छ । पब्लिक युथ क्याम्पसबाट प्रज्वल फुयाँल, रोहन विष्टलगायतको चर्चा छ । त्रिचन्द्र कलेजबाट संगम अर्याल, सन्दीप पोख्रेल, वीरेन्द्र रावल, सञ्जीव धिताल, संगम अर्याललगायतको चर्चा छ । पद्मकन्या बहुमुखी क्याम्पसबाट विनीता काफ्ले, शोभा सापकोटा, बाल्मीकि क्याम्पसबाट बुद्धि दाहालको चर्चा छ । शंकरदेव क्याम्पसबाट प्रकाश भुजेल सभापतिका उम्मेदवार बनिसकेका छन् । आरआर क्याम्पसबाट श्रीकृष्ण उप्रेती, अशोक थापा र तपेन्द्रजंग शाहीलगायतको चर्चा छ । विश्व भाषा क्याम्पसबाट विजय घिमिरे र तुपेन्द्र भट्टराईको चर्चा छ । ग्रामीण आदर्श कलेजबाट रेशम कुँवरको चर्चा छ । ग्रामीण आदर्श कलेजबाट विजय उप्रेती, युवराज श्रेष्ठलगायतको चर्चा छ । पशुपति बहुमुखी क्याम्पसबाट उत्तर खड्का र एनके राईको चर्चा छ । सानोठिमी भक्तपुरबाट लालबाबु रोकाया उम्मेदवार बनिसकेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसबाट माधव अधिकारीको चर्चा छ । बानेश्वर बहुमुखी क्याम्पसबाट संगम खड्का, टीका सुवेदीको चर्चा छ भने मीनभवन क्याम्पसबाट बम रावल र विशाल रोक्काको चर्चा छ । पाटन संयुक्त क्याम्पसबाट सजिना थापा मगर र खगेन्द्र विष्टको चर्चा छ । महाराजगन्ज नर्सिङ बहुमुखी क्याम्पसबाट अञ्चला रेग्मीको चर्चा छ । थापाथली इन्जिनियरिङ क्याम्पसबाट सुनिल तिवारी, पुल्चोक इन्जिनियरिङबाट सञ्जीव कार्कीलगायतको चर्चा छ । पीएन क्याम्पसबाट सरिता पुरी, आशीर्वाद रेग्मी, राजन शर्मा पराजुलीलगायतको चर्चा छ । महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट गोकर्ण घिमिरेको चर्चा छ । बुटवल बहुमुखी क्याम्पसबाट नवीन सारुको चर्चा छ । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा रवीन्द्र सुवेदी, ईश्वरी तामाङ, दिनेश ढकाललगायतको चर्चा छ । ६१ वटा आंगिक क्याम्पसमध्ये अधिकांशमा उम्मेदवार चयन प्रक्रिया अघि बढेको अनेरास्ववियुले जानकारी दिएको छ । यसअघिको निर्वाचनमा अनेरास्ववियु पहिलो स्थानमा थियो भने नेविसंघ दोस्रो र क्रान्तिकारी तेस्रो स्थानमा थियो । पार्टी पहिलो शक्ति रहेका बेला समेत तेस्रो बनेको क्रान्तिकारीको माउ पार्टी अहिले तेस्रो स्थानमा छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply