पत्रकार महासंघमा प्रेस चौतारीको अग्रता
काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन नजिकिँदै गर्दा पत्रकारिता क्षेत्रमा चुनावी माहोल बन्दै गएको छ ।
आगामी वैशाखमा आयोजना हुने केन्द्रीय महासंघको निर्वाचनअघि देशभरका जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएट्स शाखाहरूको निर्वाचन सम्पन्न हुनेछन् । दुई सातादेखि जारी जिल्ला शाखाहरूको निर्वाचनमा प्रेस चौतारी नेपालको नेतृत्वमा वाम प्रगतिशील पत्रकारहरूको गठबन्धनले अग्रता कायम गर्ने क्रम जारी छ ।
महासंघको ६० वर्षको इतिहासमा ६ वर्षयता चौतारीको नेतृत्वमा प्रेस सेन्टरसहितको वाम गठबन्धनले महासंघको नेतृत्व लिएयता श्रमजीवी पत्रकारहरूको हक–हित र पेसागत सुरक्षाको सुनिश्चितताका पक्षमा व्यापक सुधारात्मक काम भएकाले माहोल वाम पत्रकारहरूको पक्षमा देखिएको छ ।
। अहिलेसम्म प्रदेश नम्बर १ र ४ का १९ जिल्लामा सम्पन्न अधिवेशनको परिणामअनुसार ११ वटा जिल्ला शाखा अध्यक्षसहित बहुमत केन्द्रीय पार्षद् चौतारीले जितेको छ । त्यस्तै, कांग्रेसनिकट प्रेस युनियनले ५ र माओवादी केन्द्रनिकट प्रेस सेन्टरले २ तथा संघीय समाजवादी फोरमनिकट संघीय प्रेस फोरमले १ जिल्ला शाखा अध्यक्ष जितेको छ ।
जसअनुसार चौतारीका तर्फबाट १ नम्बर प्रदेशको ताप्लेजुङमा राजेन्द्र श्रेष्ठ, इलाममा कोकिला ढकाल, मोरङमा बन्धु पोखरेल, सोलुखम्बुमा मोहन श्रेष्ठ र खोटाङमा दमन राई शाखा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, ४ नम्बर प्रदेशअन्तर्गतका जिल्लाहरू म्याग्दीमा तारानाथ पोखरेल, बागलुङमा दिल श्रीष, कास्कीमा दीपेन्द्र श्रेष्ठ, लम्जुङमा…., अर्घखा“ची हिमबहादुर लेकाली र गुल्मीमा नवराज भुसाल निर्वाचित भएका छन् ।
युनियनले भने पर्वत, गोर्खा, सुनसरी, तेह्रथुम र धनकुटा अध्यक्ष जितेको छ । त्यस्तै, प्रेस सेन्टरले झापा र रूपन्देहीको नेतृत्व जितेको छ । संघीय प्रेस फोरमले ओखलढुंगाको नेतृत्व लिएको छ ।
शाखाको निर्वाचनस“गै महासंघको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशनका लागिसमेत केन्द्रीय पार्षद्हरू चयन भइरहेका छन् । अहिलेसम्म करिब २ सय केन्द्रीय पार्षद् निर्वाचित भएकोमा वाम–प्रगतिशील गठबन्धनका तर्फबाट करिब १ सय ४० पार्षद् चुनिएका छन् । प्रेस युनिययनका तर्फबाट भने करिब ६० जना पार्षद् चुनिएका छन् । जसअनुसार प्रेस चौतारी नेपालका तर्फबाट मात्रै १ सयभन्दा बढी पार्षद् निर्वाचित भएका छन् ।
पत्रकार महासंघका शाखाहरूमध्ये भोलि १२ गते प्रदेश नम्बर ५ र १९ गते प्रदेश नम्बर ३ को जिल्ला शाखा र केन्द्रीय पार्षद्हरूको निर्वाचन हु“दै छ । स्थानीय आवश्यकता र भावनात्मक निकटताका आधारमा देशभरका अधिकांंश शाखाहरूमा वाम–प्रगतिशील पत्रकारहरूबीच बलियो एकताका पक्षमा माहोल सिर्जना हु“दै गएकाले बा“की निर्वाचनहरूमा पनि स्वतःस्फूर्त रूपमा गठबन्धन बन्दै गएका छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघको इतिहासमै इलाम शाखामा पत्रकार महिला शाखा अध्यक्षमा निर्वाचित भएकी छन् । चौतारीकी जिल्ला अध्यक्षसमेत रहेकी कोकिला ढकाल अध्यक्षमा निर्वाचित भएकी हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply