सम्मानसँगै वित्तीय संकटमाथि विमर्श
काठमाडौं । अहिले बैंक तथा वित्तीय क्षेत्रमा किन विकृतिहरू व्याप्त भए ? वित्तीय क्षेत्रमा दीर्घकालीन संकट उत्पन्न हुने अवस्था कसरी सिर्जना हुँदै छ ? यस्ता प्रश्नहरूको जवाफ पाउन आगामी फागुन १५ गतेसम्म कुर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघको सातौं अधिवेशनमा त्यस दिन बैंक तथा वित्तीय क्षेत्रका दिग्गजहरूले अहिले देखिइरहेको तरलता संकुचन उत्पन्न हुनुमा कसको भूमिका रहेको छ भन्नेबारे गहिराइमै पुगेर खोतलखातल गर्ने बताइएको छ । राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा र पूर्वडेपुटी गभर्नर तथा अहिले लगानी बोर्डको कार्यकारी निर्देशक रहेका महाप्रसाद अधिकारीलाई सम्मान गर्ने उक्त अधिवेशनको उद्घाटन भने पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गर्दै छन् । सो अधिवेशनका क्रममा अहिले बैंक तथा वित्तीय संस्थाहरूले झेल्नुपरिरहेको समस्याबारे गहन रूपमा छलफल हुने जनाइएको छ । पछिल्लो ६ महिनाको अवधिमा बैंकहरूले अनुत्पादकमूलक क्षेत्रमा व्यापक रूपमा कर्जा प्रवाह गरेको हुँदा क्रेडिट क्रन्चको समस्या उत्पन्न भएको निचोड निकालेका राष्ट्र बैंकका कर्मचारीहरूले त्यसबारे छलफल गर्नेछन् ।
हुन पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादकमूलक क्षेत्रमा अन्धाधुन्ध लगानी गरेपछि अहिले तरलता संकुचन उत्पन्न भएको हो । जसमा ६ महिनाको अवधिमा ८६ अर्ब रुपैयाँ ओभरड्राफ्टमा लगानी भएको छ, जुन प्रयोजन नखुलेको रकम हो । राष्ट्र बैंकका पदाधिकारीहरूले भने यो शीर्षकबाट पैसा निकालेर घरजग्गा तथा सेयरमा लगानी भएको आशंका गरेका छन् । यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले हाइयर पर्चेज शीर्षकमा २८ अर्बजति कर्जा प्रवाह गरेका छन् । त्यसरी यो शीर्षकमा प्रवाह भएको कर्जाबाट साना सवारीसाधन मात्र खरिद गरेको बताइन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनशील क्षेत्रमा कर्जा दिँदा १४ प्रतिशतसम्म ब्याज असुल्ने र अनुत्पादक मानिने हाइयर पर्चेजमा लगानी गर्दा भने ५ प्रतिशत मात्र ब्याज लिने गरिएको हुँदा त्यसबारे पनि राष्ट्र बैंकका कर्मचारीहरूले छलफल गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply