भौंतारिँदै किसान आयोगका अध्यक्ष
काठमाडौं । न कार्यालय न एउटै कर्मचारी । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको दिनचर्या अचेल कृषि विकास मन्त्रालयका कोठा–चोटा चहारेर आफ्नो आयोगले कति बजेट पाउँछ ? भनेर सोध्नमै बित्ने गरेको छ । अहिलेसम्म आयोगको सदस्य–सचिवसमेत नतोकिएको हुँदा अध्यक्ष श्रेष्ठ भौंतारिँदै हिँडिरहेका भेटिन्छन् ।
माओवादी केन्द्रको अखिल नेपाल क्रान्तिकारी किसान महासंघका अध्यक्षसमेत रहेका श्रेष्ठ किसान आयोगको अध्यक्ष बनेका पनि करिब महिना दिन पुग्न लागिसक्यो । तर, कृषि विकास मन्त्रालयले अहिलेसम्म सदस्य–सचिव नियुक्त गर्न सकेको छैन । अध्यक्ष चयन भएकै दिन सदस्य–सचिव पनि तोकिदिनुपर्नेमा मन्त्री गौरीशंकर चौधरी र सचिव डा. सुरोज पोखरेलेको असक्षमताका कारण सदस्य–सचिव चयन हुन नसकेको हो । सदस्य–सचिवमा कृषिअन्तर्गतको सहसचिव रहने व्यवस्था गरिएको छ ।
सदस्य–सचिव चयन हुन सकेन नै, अध्यक्षका लागि कार्यकक्ष पनि तोकिएको छैन । आफूलाई बस्ने कार्यकक्ष र सदस्य–सचिव पनि नहुँदा मन्त्रालय जाने र त्यत्तिकै अल्मलिएर बस्ने काम मात्र अध्यक्ष श्रेष्ठको भइरहेको बताइन्छ । त्यसो त, अध्यक्ष चयन भए पनि सदस्य–सचिव र पाँचजना सदस्य भने अहिलेसम्म चयन हुन सकिरहेको छैन । आयोगको सदस्य बन्नका लागि २४ जनाले आवेदन दिएका छन् । त्यसमध्ये छानिने ५ जनामा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसमा किसान सदस्यहरूबाट तीनजना छानिनेछन्, जसमा दुईजना महिला अनिवार्य हुनुपर्नेछ ।
मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख सहसचिव काशीराज दाहालले केही दिनभित्रै सदस्य–सचिव चयन हुने बताए । आयोगका अध्यक्षले कार्यकक्ष नपाएको सन्दर्भमा दाहालले बताए, ‘अहिले उहाँ एक्लै हुनुभएको हुँदा मन्त्रालयमै डेस्क खडा गरेर बस्नुभएको छ । आयोगको कार्यालय कहाँ राख्ने भन्नेबारे सदस्यहरू नियुक्त भएपछि मात्रै टुंगो लाग्नेछ ।’
यसअघि, किसान आयोगलाई शक्तिशाली आयोग बनाउने कुरा उठेको थियो । सचिवले नै सदस्य–सचिवको जिम्मेवारी पाउने गरी आयोग बनाउने कुरा उठे पनि अहिले भने कृषिमन्त्री र सचिवको मातहतमा आयोगलाई राखिएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply