पत्रकार महासंघमा चौतारीको अग्रता
काठमाडौं । नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनहरूमा प्रेस चौतारी नेपालले स्पष्ट अग्रता हासिल गरेको छ । मंगलबारसम्म ४३ वटा जिल्ला शाखाहरूको चुनावी परिणाम आउँदा चौतारीले आधाभन्दा बढी अर्थात् २२ जिल्ला अध्यक्ष जितेको हो । सुदूरपश्चिमका केही जिल्लाको परिणाम आइसक्दा चौतारीको अग्रता अझ बढ्दै जाने देखिएको छ । चौतारी एमालेनिकट पत्रकारहरूको भ्रातृ संगठन हो ।
त्यस्तै, कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनले १३ जिल्ला अध्यक्ष मात्रै जितेर दोस्रो स्थानमा चित्त बुझाएको छ । माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टरले ६ जिल्ला अध्यक्ष जितेको छ भने डा. बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले एउटा जिल्लामा अध्यक्ष जितेको छ ।
अहिलेसम्म चौतारीका तर्फबाट श्याम बञ्जरा (पर्सा), हरि हुमागार्इं (मकावनपुर), राजेन्द्र श्रेष्ठ (ताप्लेजुङ), नवराज छतकुली (धादिङ), जीवन लामा (दोलखा), सविन प्रियासन (दाङ), हेमनाथ खतिवडा (रसुवा), भरत खड्का (उदयपुर), ठाकुर सिंह थारू (बाँके), कोकिला ढकाल (इलाम), बन्धु पोखरेल (मोरङ), दीपेन्द्र श्रेष्ठ (कास्की), हिमबहादुर जीसी (अर्घखाँची), दमन राई (खोटाङ), तारानाथ शर्मा (म्याग्दी), नवराज भुसाल (गुल्मी), आश गुरुङ (लमजुङ), दिल श्रीष (बागलुङ), शंकर धामी (दार्चुला) निर्वाचित भएका छन् । चौतारीका तर्फबाट अहिलेसम्म २ सय ५० भन्दा बढी केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।
त्यस्तै, युनियनले सिन्धुली, सुनसरी, गोरखा, पर्वत, धनकुटा, सिन्धुपाल्चोक, नवलपरासी, रामेछाप, संखुवासभा, तेह्रथुम, कैलाली र डोटीमा अध्यक्ष जितेको छ । प्रेस सेन्टरले सल्यान, प्युठान, झापा, रुपन्देही, कपिलवस्तु र धनुषासहित ६ जिल्ला अध्यक्ष जितेको छ । रुकुममा गणेश चिन्तनले नयाँ शक्तिबाट महासंघको अध्यक्ष हात पारेका छन् । त्यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् । महोत्तरीमा मधेसी गठबन्धनबाट कमलेश मण्डल निर्वाचित भएका छन् ।
प्रतिष्ठान शाखाहरूतर्फ सुरु भएको अधिवेशनमासमेत चौतारी उत्साहजनक नतिजासहित अघि बढेको छ । हिमालयन टिभीमा वाईबी घिमिरे, नेपाल एफएममा चौतारीनिकटकै बैकुण्ठ ढकाल तथा एसोसिएटतर्फको विकास पत्रकारिता मञ्चमा चौतारीकै केन्द्रीय सदस्य माधवराज तिवारी अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिष्ठानतर्फ मंगलबार कान्तिपुर दैनिक र हिमालयन टाइम्स दैनिकमा अधिवेशन भएको छ भने बुधबार नयाँ पत्रिका, राजधानी दैनिकलगायत आधा दर्जन प्रतिष्ठानमा अधिवेशन हुँदै छ । त्यस्तै, उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर र अधिकांश एसोसिएटमा चुनाव हुन बाँकी छ । काठमाडौं शाखामा बन्द भइसकेका प्रतिष्ठान शाखाहरूबाट अध्यक्ष गोविन्द चौंलागाईंको अनुमतिविना सदस्यता सारिएपछि चर्को विवाद सिर्जना भएको छ । गत १५ माघमै सदस्यता स्थानान्तरणको म्याद सकिए पनि अध्यक्ष चौंलागाईंलाई पत्तै नदिई एकलौटी स्थानान्तरणको प्रयास भएपछि प्रेस चौतारी काठमाडौंले सच्याउन माग गर्दै मंगलबार साँझसम्मको २४ घण्टे अल्टिमेटम दिएको छ ।
काठमाडौं शाखाको नेतृत्वका लागि चौतारीले स्वतन्त्र पत्रकारहरूको समेत समर्थनमा साझा उम्मेदवारका रूपमा शन्तराम बिडारीलाई अध्यक्ष र सीता पोखरेललाई उपाध्यक्षको उम्मेदवारका रूपमा अघि सारेको छ । स्वतन्त्र, वाम–लोकतान्त्रिक गठबन्धनको विकल्प खुला रहने गरी काठमाडौंले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार अघि सारेको काठमाडौंका अध्यक्ष लोकेन्द्र केसीले बताएका छन् । उपत्यकाबाहेक करिब १४ जिल्लामा अधिवेशन हुन बाँकी छ । कतिपय जिल्लामा पराजय निश्चित देखिएपछि अधिवेशनै हुन नदिने गरी प्रेस युनियनले बखेडा सिर्जना गरेको बताइएको छ । मनाङ र मुस्ताङमा मौसमका कारण निर्वाचन हुन सकेको छैन ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply