भेटीले धान्नै नसक्ने गरी नियुक्ति
काठमाडौं । दान दक्षिणा र भेटीबाट उठेको रकमले तलब खानुपर्ने लुम्बिनी विकास कोषमा अहिले धमाधम ज्यालादारीमा कर्मचारीहरू भर्ना गरिएको छ । सदस्य–सचिव अजितमान तामाङले लुम्बिनी छाडेर हिँडेपछि र उपाध्यक्ष भिक्षु निग्रोधले पनि लुम्बिनीप्रति खासै चासो नदिएपछि कोषका अरू कर्मचारीहरूले ज्यालादारीमा कर्मचारीहरू भर्ना गर्न थालेका हुन् ।
कोषका प्रशासकीय अधिकृत चूडामणि भट्टराई, वरिष्ठ वनस्पति अधिकृत छविरमण खाँ र नायब सुब्बा नवराज अधिकारीले ज्यालादारीमा कर्मचारी राखेर आर्थिक स्रोत सुक्दै गइरहेको कोषलाई समस्यामा पार्न लागेको बताइन्छ । यी कर्मचारीहरूले कर्मचारीहरूको आन्दोलन स्थगन भएपछि करिब ४० जनालाई ज्यालादारीमा भर्ना गरेका छन् । ज्यालादारी कर्मचारीहरू थप्न थालिएपछि तिनीहरूलाई कसरी धान्ने भन्ने समस्या उत्पन्न भइसकेको बताइन्छ । किनकि, कोषका कर्मचारीहरूका तलब भेटी र दानदक्षिणास्वरूप उठेका रकमबाट पूर्ति हुँदै आइरहेको छ । अहिले ज्यालादारीमा रहेका कर्मचारीहरू कुनै ट्याक्सी चलाउने छन् भने कुनै वैदेशिक रोजगारीमा गएर फर्किनेहरू रहेका छन् ।
यसैगरी, विगत चार महिनादेखि कोषका सदस्य–सचिव तामाङले लुम्बिनीमा पाइला नटेके पनि नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई मन्त्रालयमा पुगेर खादा ओढाउन भने भ्याएका छन् । कोषका पदाधिकारीहरूले मन्त्री भएलगत्तै गिरीलाई बधाई दिन मन्त्रालय गएका थिए । तर, मन्त्री गिरीले भने खादा ओढाउन मात्र समय दिएका थिए । मन्त्रीले ‘तपार्इंहरूले राम्रैसँग काम गर्नुभएको होला, म निरीक्षण गर्न आउनेछु’ भनी जवाफ दिएका थिए ।
त्यसो त आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहे पनि लुम्बिनीका निम्ति छुट्ट्याइएको बजेटको ५० प्रतिशत काम पनि हुन सकेको छैन । अहिले सरकारले दिएको ५५ करोड र आन्तरिक स्रोतबाट गरी करिब ६० करोडजति बजेट भए पनि अहिलेसम्म ३० करोड पनि खर्च हुन सकेको छैन । विकास, निर्माण शीर्षकका रकमहरू खर्च हुन नसकेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply