दोषको भारी बोकाउन देउवाको चलाखी
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उनकै पार्टी पंक्तिमा पनि सानो चित्त भएका नेताका रूपमा चिनिन्छन् । सानो कुरामा पनि गनगन गर्ने पौडेलेको स्वभाव बुझेरै सभापति शेरबहादुर देउवाले पौडेलेलाई नयाँ कामको जिम्मेवारी दिएका छन् । निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी पौडेललाई दिएर देउवाले फरक गुटको सम्मान गरेको भन्दा पनि दोषको भारी बोकाउने चलाखी देखाएको बताइन्छ ।
चुनावलाई लिएर कार्यकर्ता पंक्तिबाट आउने असन्तुष्टिको चाङले आफू थिचिनुभन्दा यो जिम्मेवारी पौडेललाई दिँदा दोषको भार पनि उतै पन्छाउन सजिलो ठानेर निर्वाचन परिचालनको संयोजक पौडेललाई दिएको बताइन्छ । त्यस्तै, घोषणापत्रको मस्यौदा लेखनको जिम्मेवारी पनि पौडेल समूहकै महेश आचार्यलाई दिएका छन् । केन्द्रीय कमिटीमा सुविधाजनक बहुमत हुँदाहुँदै पनि महŒवपूर्ण कामको जिम्मेवारी पौडेल समूहलाई दिनुको कारणबारे एक केन्द्रीय सदस्यले भने, ‘प्रहरी प्रमुख नियुक्ति, राजदूत नियुक्तिलगायतका प्रकरणमा नराम्ररी नांगिएका देउवाले बैठकमा पौडेल गुटको विरोधको सिमाना धेरै गर्नु नपरोस् भनेर नै यो चलाखी अपनाएका हुन् । त्यसका साथै यी काम अपजसिला पनि भएकाले दोषको भारी उतै बोकाउने नियतअनुरूप यसो गरिएको हो ।’ विभाग गठनमा पनि आफूअनुकूल गर्न अहिले पौडेललाई फकाउने उद्देश्य पनि देउवाले राखेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply