पुराना पाखा लगाएर ‘चैते’ हावी
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ३२ दिन मात्र बाँकी छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार अबको १७ दिनमा अर्थात् वैशाख १६ मा उम्मेदवारको मनोनयन दर्ता गराउनुपर्छ । तर विडम्बना ! सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा उम्मेदवार नै नपाएर हैरान बन्नुपरेको छ । केही–केही ठाउँमा सम्भावित उम्मेदवारको नाम घोषणा त गरेको छ, तर तीमध्ये अधिकांश ‘चैते’ भएपछि पार्टीका पुराना नेता–कार्यकर्ता भोट दिए पनि पार्टीको प्रचारमा नहिँड्ने मनस्थितिमा पुगेका छन् ।
अहिले केही ठाउँमा भएको उम्मेदवारी चयनले माओवादी हेडक्वार्टरमै खैलाबैला मच्चिएको छ । खासगरी सोलु, ओखलढुंगा, दाङलगायतका जिल्लामा स्थानीय तहमा पार्टीबाट सिफारिसहरू गरिएकाहरूको नाम सुनेर पुराना कार्यकर्ता आश्चर्यचकित भएका छन् । युद्धकालमा फौजी आक्रमणमा माओवादीले सबैभन्दा क्षति बेहोरेको जिल्ला सेलुखुम्बुको एउटै मात्र नगरपालिका दूधकुण्डको मेयरमा ‘चैते’ को नाम सिफारिस भएको माओवादी स्रोतले बतायो । स्रोतका अनुसार त्यहाँ ङिमातेन्डु शेर्पाको नाम सिफारिस भएको छ । राजाको शासनकालमा गुम्बा विकास विकास समितिका सदस्य–सचिव बनेका उनी पछिल्लो समय पनि शेर्पा राज्य चाहिन्छ भन्दै माओवादीलाई सराप्दै हिँड्ने गरेका थिए । २०६५ सालमा नारायणकाजी श्रेष्ठसँगै माओवादीमा आएका उनी एक दिन पनि युद्धमा हिँडेका थिएनन् ।
त्यस्तै, पिकेलिखु गाउँपालिकाको प्रमुखमा शंकर बस्नेतको नाम सिफारिस भएको छ । उनी पनि माओवादी युद्धमा एक दिन पनि नहिँडेका व्यक्ति हुन् । दूधकौशिका गाउँपालिकाको प्रमुखमा २०६७ सालमा माओवादीमा लागेका असिम राईको नाम सिफारिस भएको छ । जबकि, उनलाई स्थानी पार्टी पंक्तिमा हुल्याए व्यक्तिका रूपमा चित्रण गरिन्छ । जबकि, जिल्ला सेक्रेटरी भइसकेका हिमाल गिरी सोही गाविसका बासिन्दा हुन् । उनी माओवादीका पुराना नेता पनि हुन्, तर उनलाई पाखा लगाइएको भन्दै असन्तुष्टि बढेको छ । नेचासल्यान गाउँपालिकाको प्रमुखमा महेश किराँतीले टिकट लिने भएका छन् । चार श्रीमतीका श्रीमान् उनी राजनीतिभन्दा पनि ठेक्कापट्टामा बढी सक्रिय छन् । जबकि, सो गाउँपालिकामा जिल्ला सेक्रेटरी तथा पूर्वब्रिगेड कमान्डर शूरवीर राई, पूर्ववाईसीएल कमान्डर विनोद खड्काहरू भए पनि उनीहरूलाई पाखा लगाइएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा पनि दोस्रो संविधानसभा चुनावपछि माओवादीमा लागेका अमरदीप देवकोटाले टिकट लिने बुझिएको छ । ओखलढुंगाका एक नगरपालिका र सात गाउँपालिकामा पनि त्रिशंखुगढी गाउँपालिकाबाहेक अरूमा ‘चैते’ हावी भएको बताइन्छ । यद्यपि, सो गाउँपालिकामा सिफारिसमा परेका शम्भु बाँस्तोला २०५७ मै माओवादी युद्धमा लागेको भए पनि २०६० सालमा पक्राउ पर्दा सबै पोल प्रशासनलाई खोलिदिएको आरोप लागेका व्यक्ति हुन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा सबैभन्दा बढी चर्चामा आएका सर्वोत्तम डंगोल पनि ‘चैते’ का रूपमा चिनिन्छिन् । उनी पनि २०६५ मा नारायणकाजीसँगै माओवादीमा आएका हुन् । दाङ, दोलखालगायतका जिल्लाको हालत पनि यस्तै रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply