जिल्लावासी पर्दा राधिका मक्ख
काठमाडौं । राष्ट्रिय किसान आयोगको सदस्यका लागि नाम सिफारिस गर्ने क्रममा कृषि विकासमन्त्री गौरीशंकर चौधरी र राज्यमन्त्री राधिका तामाङबीच अलिअलि विवाद परे पनि अन्ततः पाँचजनाको नाम सिफारिस भएको छ । राज्यमन्त्री तामाङ आफ्नै जिल्लावासी एउटी महिलालाई समेत सदस्यमा सिफारिस गर्न सफल भएपछि उनी चुप लागेकी हुन् ।
आयोगको अध्यक्षमा केही महिनाअघि नै माओवादी केन्द्रनिकट अखिल नेपाल क्रान्तिकारी किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ नियुक्त भएपछि बाँकी सदस्यहरू भने नियुक्त हुन बाँकी थिए । आयोगका सदस्यहरू सिफारिस गर्ने बेला निर्वाचन आचार–संहिता लागू भएपछि त्यत्तिकै रोकिन पुगेको थियो । तर, गएको चैत २८ गते निर्वाचन आयोगले नाम सिफारिसका लागि सहमति दिएपछि भने अहिले पाँचजनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाइसकिएको छ ।
सिफारिस भएका पाँच सदस्यमध्ये विज्ञका तर्फबाट पूर्वकृषि विकास सचिव डा. उदयचन्द्र ठाकुर, सहकारी विज्ञबाट प्युठानका रवीन्द्र केसी, किसान सदस्यबाट नेपाली कांग्रेसको किसान महासंघका अध्यक्ष भानुभक्त सिग्देल र महिला सदस्यहरूमा पाल्पाकी वसन्ती घिमिरे र काभ्रेपलाञ्चोककी मीना तामाङ रहेकी छन् । उनीहरूलाई चार वर्षका लागि नियुक्त गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेर पठाएको हो ।
पाँच सदस्यका लागि २४ जनाले आवेदन दिए पनि राजनीतिक भागबन्डाका आधारमा सदस्य चयन गरिएको छ । सत्ता गठबन्धनमा भएकै कारण एकजना कांग्रेसनिकट व्यक्तिलाई राख्नैपर्ने भएको हुँदा सिग्देलको नाम सिफारिस गरेको बताइन्छ । त्यस्तै, राज्यमन्त्री तामाङलाई शान्त पार्न उनकै जिल्लावासी एवं माओवादी केन्द्रकी मीनाको नाम सिफारिस गरिएको हो । तर, माओवादी केन्द्रकै अरू व्यक्तिहरूले पनि सदस्य बन्न दौडधुप गरे पनि उनीहरू भने परेनन् ।
माओवादी केन्द्रबाट सदस्य बन्न पूर्वकृषिमन्त्री हरिबोल गजुरेलका स्वकीय सचिव नहेन्द्र खड्का र गजुरेलकै निर्वाचन क्षेत्रवासी रामकुमार पौडेलले पनि दौडधुप गरेका थिए । तर, दुवैजना परेनन् ।
सदस्यहरूको नाम सिफारिस गर्ने क्रममा ३३ प्रतिशत महिलालाई ल्याउनैपर्ने बाध्यता थियो । मन्त्री चौधरीले सदस्य–सचिवमा महिलालाई नियुक्त गरेर सदस्यमा एकजना महिलामात्रै ल्याउने प्रयत्न गरेका थिए । तर, राज्यमन्त्री तामाङले एकजना मात्रै महिला चयन गर्दा आफूले भनेकी महिला नपर्ने भएपछि विरोध जनाएकी थिइन् । राज्यमन्त्री तामाङले भोलिका दिनमा महिला सदस्य–सचिव फेरिन सक्ने भएको हुँदा दुइटी महिलालाई सदस्यमा राख्नुपर्ने जिकिर गरेकी थिइन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply