किन लिइयो आनन्दमोहनको नाम ?
काठमाडौं । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का करिब अढाइ सय सांसदले आफूविरुद्ध महाअभियोग प्रस्ताव लगाएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम लिइन् । उनले आफूलाई पनि आनन्दमोहनलाई गरेजस्तै गर्न खोजेको बताइन् ।
आखिर के गर्न खोजिएको थियो त आनन्दमोहनलाई ? करिब नौ महिनाअघि सर्वोच्च अदालतका न्यायाधीश डा. भट्टराईविरुद्ध व्यवस्थापिका–संसद्का तीनजना सांसदहरूले संसद्मा निवेदन दिएका थिए । पीडित दिनेश चौधरीको मुद्दामा न्यायाधीश डा. भट्टराईले कारण देखाउ आदेश जारी नगरेपछि तीनजना सांसदहरू नेपाली जनता दलका हरिचरण साह, लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी र खम्बुवान राष्ट्रियम मोर्चाका रामकुमार राईले उनीविरुद्ध निवेदन दिएका थिए । किनकि, संसद्को नियमावलीमै न्यायाधीशविरुद्ध कम्तीमा तीनजना सांसदले उजुरी दिन पाउने व्यवस्था गरिएको छ ।
तर, तीनजना सांसदले न्यायाधीश डा. भट्टराईविरुद्ध उजुरी हाले पनि पछि त्यसलाई व्यवस्थापिका–संसद्ले नै खारेज गरेको थियो । सर्वोच्च अदालतमा पनि उजुरी दिन खोज्दा अदालतले उजुरी लिन नमानेपछि त्यो प्रकरण त्यत्तिकै ढिसमिस हुन पुगेको थियो ।
डा. भट्टराईको उजुरी प्रकरणलाई न्याय क्षेत्रमा न्यायाधीशहरूलाई ‘तर्साउने कार्य’ का रूपमा लिएका थिए । अहिले निलम्बित प्रधानन्यायाधीश कार्कीले पनि आफूलाई तर्साउनकै लागि सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव संसद्मा दर्ता गराएको अर्थमा लिएको बुझिएको छ ।
यसैबीच, प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारूढ दलहरूका सांसदले लगाएको महाअभियोग प्रस्तावविरुद्ध आज दिउँसो ३ बजे वसन्तपुरमा न्यायकर्मी, स्वतन्त्र व्यक्तिहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । पूर्वप्रधानन्यायाधीशहरूका साथै नागरिक समाजका अगुवाहरूले सो प्रदर्शनमा भाग लिने जनाइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply