दुई अर्बको लिड बल्बमा नजर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ कम गर्न भन्दै २ करोड थान लिड बल्ब बाँड्ने योजना अघि सारेको छ । प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न २ सय मेगावाट विद्युत् माग घटाउने योजनाअन्तर्गत उक्त योजना अघि सारेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त योजना अघि सारेका हुन् । तिहारदेखि उपत्यकालाई लोडसेडिङमुक्त र बाहिर दुई घण्टा मात्र लोडसेडिङ गर्दै आएको प्राधिकरणले सबैभन्दा बढी विद्युत्को माग हुने पुस र माघ महिनामा २ सय मेगावाट माग घटाउने योजना अघि सारेका हुन् । मूल्य अभिवृद्धि कर र अन्य करबाहेक उक्त बल्बको मूल्य प्रतिगोटा ६५ रुपैयाँ भारतीय रुपैयाँ पर्ने बताइएको छ ।
कसरी खपत गर्ने, कतिपटकमा ल्याउने भन्ने कुरा अहिले नै टुंगिनसके पनि सम्भवतः भारत सरकारसँग समन्वय गरेर किन्ने तयारी भएको बुझिएको छ । त्यसो गर्दा २ अर्बको लागतमा कम्तीमा एक अर्ब बचाउन सकिने आँकलन गरिएको छ ।
उक्त बल्ब कसरी, कुन विधिबाट वितरण गरिने र कहाँकहाँ पु¥याउने भन्नेबारे भने अझै अन्योल रहेको बताइन्छ । २ सय मेगावाट विद्युत् बचाउन सकिने अनुमान रहे पनि उत्पादन विभाग उपनिर्देशक हरराज न्यौपानेले भने अध्ययन भइनसकेको र यसै भन्न नसकिने बताए । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीलाई यसबारे बुझ्न खोज्दा उनले पनि फोन उठाएनन् ।
विद्युत् माग घटाउनु भनेको उत्पादन बढाउनुसरह भएको भन्दै प्राधिकरणले विद्युत् खपत कम तथा चुहावट नियन्त्रण अभियानलाई अघि बढाएको बताइएको छ । दुई सय मेगावाटसम्म विद्युत् माग नै घटाउन सकिने अनुमानसहित अघि बढेको बताइएको छ ।
हाल विद्युत्को माग १२ सय ५० मेगावाट रहेको छ । तर, ४ सय १० मेगावाटको हाराहारीमा लोडसेडिङ गरिरहेको प्राधिकरणले आगामी पुस र माघमा १४ सय ७५ मेगावाटसम्म पुग्ने तथा ५ सय ३० मेगावाट लोडसेडिङ हुने अनुमान गरेको छ । सो अवधिसम्ममा हाल ९ सय मेगावाटको हाराहारीमा विद्युत् क्षमता भए पनि घटेर ३ सय मेगावाटमा झर्ने बताइन्छ ।
प्राधिकरणका अनुसार भारतबाट थप आयातसहित ५ सय ५० मेगावाटका साथै विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित गरी ९ सय ४० मेगावाट आपूर्ति हुने प्रक्षेपण गरिएको छ । भारतबाट थप बिजुली आयातबारे अझै टुंगो नलागेकाले प्राधिकरणले आगामी हिउँदमा विद्युत् माग घटाउन २ करोड घरायसी ग्राहकलाई प्राधिकरणले कम विद्युत् खपत गर्ने लिड बल्ब वितरण गर्ने लक्ष्यसमेत राखेको छ । हालसम्म बजेट आइसकेर वितरण सुरु गरिसक्ने प्राधिकरणको योजना थियो । तर, उक्त कार्य अघि बढ्न सकेको छैन । प्राधिकरणले बल्ब वितरणसहित तार र पोल परिवर्तन, चुहावट नियन्त्रणलगायतका लागि १० अर्ब रुपैयाँ एक महिनाअघि माग गरे पनि अर्थले हालसम्म नदिएको बताइएको छ । विद्युत्को अति माग हुने पिक समयमा आइरन, रुम हिटर, पानी तान्ने पम्प, इमर्सन हिटर, एयर कन्डिसनर, इलेक्ट्रिक गिजर, वासिङ मेसिनलगायतका उपकरणहरू नचलाउन जनचेतनाका कार्यक्रम पनि अघि बढाएको छ । विद्युत् प्राधिकरणले बिजुली बढी खपत गर्ने साना तथा ठूला उद्योगहरूमा इनर्जी परीक्षण उपलब्ध गराई उपलब्ध विद्युत्को अधिकतम उपयोग गर्ने, उद्योगका मोटरहरूमा क्यापासिटर बैंक अनिवार्य रूपमा जडान गर्ने, कार्यालय परिसर तथा उद्योगहरूमा लिड प्रयोग गर्न आग्रह गरेको छ । यसको लागि अनिवार्य रूपमा दिनमा निभ्ने गरी स्वचालित स्विच प्रयोग गर्ने, जथाभावी बत्ती नबाल्ने, सौर्य सडकबत्ती प्रयोग गर्नेजस्ता कार्यक्रम अघि बढाएको छ ।
विष्णु पौडेल ऊर्जामन्त्री हुँदा पनि अर्बौंको थर्मल प्लान्ट योजना अघि सारिए पनि पछि त्यो लागू हुन सकेको थिएन । अहिले लिड बल्बको योजना पनि कतै त्यसैगरी तुहिने वा रकमको खेलोमेलोका लागि अघि सारिएको त होइन भन्ने आशंका पैदा भएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply