‘आस्बा’का भरपर्दा चट्
काठमाडौं । सेयर आवेदन प्रणाली सरल बनाउन लागू गरिएको आस्बा प्रणालीमा कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ । प्रणालीगत रूपमा देखिएको समस्याका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपीओमा लगानीका लागि आवेदन गर्ने ४ हजार २ सय १९ लगानीकर्ता प्रक्रियाबाट बाहिरिनुपरेको छ । धेरै व्यक्तिले एउटै हितग्राही परिचय नम्बर (बीओआईडी) उल्लेख गरी आवदेन गर्ने, आस्बा फारमको नमुना र आकार कम्पनीपिच्छे फरक हुने, आवेदकहरूको नाम जुध्नेजस्ता समस्याले आस्बा प्रणाली प्रयोगमा समस्या देखिएको बताइएको छ ।
आस्बा प्रणाली विश्वको उत्कृष्ट प्रणाली भए पनि लगानीकर्ता जागरुक नभएकाले समस्या भएको बताइन्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँड वैशाख २२ गते गर्ने तय भए पनि सिस्टममा देखिएको समस्याले गर्दा तीन दिन ढिला भएको थियो । सिस्टममा समस्या देखिँदा लगानीकर्ताहरू मर्कामा पर्ने भएपछि धितोपत्र बोर्ड स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पनि जानकारी गराएर सारिएको थियो ।
बोर्डका प्रतिनिधिहरूले समस्या बुझेपछि केही दिन ढिला गरिएको बताइन्छ । अन्तिममा प्रक्रिया पूरा गरेर आउने सबै लगानीकर्तालाई सेयर बाँडफाँड हुने सिस्टममा ल्याइएको थियो ।
बताइएअनुसार यो प्रणाली लागू भएसँगै ४ हजार २ सय १९ को आवेदन रद्द भएको छ । दोहोरो बीओआईडी भएका, बीओआईडी उल्लेख नगरी आवदेन गरेका, गलत बीओआईडी उल्लेख गरिएका आवेदकलाई सेयर वितरण गरिएको छैन । ‘बाबु र बाजेको नाम जुधेपछि सिस्टमले दोहोरो आवेदन परेको देखाउँछ । त्यसकारण उनीहरू आउट भए’ धितोपत्र बोर्डका एक अधिकारी भन्छन् ।
केही आवेदनमा बीओआईडी फरक, नागरिकता जारी भएको जिल्ला फरक, नागरिकता नम्बर फरक भए पनि आवेदक, उसको बुबा र बाजेको नाम मिल्न गएकाले समस्या आएको बताइन्छ । आफ्नो बीओआईडी बिर्सेका व्यक्तिले सम्बन्धित संस्थामा आफ्नो नामका आधारमा बीओआईडी खोजी गर्ने तर तीन पुस्ताको नाम जाँच नगरी बीओआईडी लिएर आवेदन गर्ने आवेदकहरूमध्येबाट एउटै बीओआईडी उल्लेख गरी धेरै जनाले आवेदन गरेको पाइएको छ ।
सेयर आवेदन गर्ने प्रणालीमा सुधार भइरहे पनि नयाँ प्रणाली पूर्ण रूपमा सही छन् भनेर ठोकुवा गर्ने अवस्था नभएको बताए । हरेक बैंकले आस्बा प्रणालीको फारम फरक आकार र डिजाइनमा भएकाले डाटा संकलन र रुजु गर्ने कठिन भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply