निगमको बोइङ अलपत्र
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज बी ७५७–२०० बिक्रीका लागि डेढ महिनाअघि गरिएको टेन्डर असफल बनेको छ । टेन्डरको म्याद बुधबार सकियो तर एउटा पनि आवेदन नपरेको बुझिएको छ । कुनै पनि आवेदन नपरेपछि अब के गर्ने भन्नेबारे निगम आफैं अन्योलमा परेको निगमका एक अधिकारीले बताए ।
सन् १९८७ मा खरिद गरिएको र खर्च बढ्दै गएपछि निगमले उक्त विमान बेच्न लागेको थियो । मर्मत खर्च बढ्दै गएको र लागत अनुसारको नाफा हुन नसकेपछि बेच्न लागेको बताइएको छ ।
२०७२ सालको चैतदेखि यो विमान ग्राउन्डेड भएर बसेको छ । धेरै खर्चिलो भएपछि यो विमान नचलाई राख्ने र बेच्ने निर्णय गरिएको थियो । यो बिमानले अहिलेसम्म ८६ हजार ४ सय १० घण्टा उडान भरेको छ । यो विमान सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको हो । निगमले विमान खरिद गर्न चाहनेका लागि न्यूनतम रकम भने तोकिदिएको छ । खरिद गर्न चाहनेले १.७१ मिलियन अमेरिकी डलर अर्थात् १७ लाख रूपैयाँभन्दा माथिको प्रस्ताव हाल्नुपर्छ । निगमले सबैभन्दा बढी रकम दिने कम्पनीलाई यो विमान बेच्नेछ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससँग अहिले जहाज थोरै छन् । दुईवटा बोइङमध्ये एउटा लिलामी गरेर बेच्न लागिएको छ भने अर्काे मर्मतका लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा पठाउन लागिएको छ । यसको हेभी मेन्टेनेन्ट्स गर्न लागिएको छ ।
सन् २०१५ को सुरुवातसम्म नेपाल एयरलाइन्ससँग दुईवटा बोइङ थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुईवटा ‘ए’ ३२० एयरबस थप गरेपछि नेपाल एयरलाइन्ससँग चारवटा विमान भए । तर, केही समयपछि बी ७५७–२०० बोइङ भने लिलामका लागि राखियो ।
अहिले निगमले दुईवटा वाइड बडी एयरबस पनि खरिद गर्न लागेको छ । जुन सन् २०१८ को मेसम्ममा ल्याउने निगमको तयारी छ । सन् २०१५ मा थपेका एयरबसका कारण अहिले निगमको बजार हिस्सा बढ्दै गएको छ । त्रिभुवन विमानस्थलका अनुसार २०१५ को तुलनामा सन् २०१६ मा यसको उडानमा व्यापक सुधार आएको छ ।
तर अहिले यो साखलाई निरन्तरता दिन भने निगमलाई निकै कठिन भएको छ । बोइङ मर्मतमा जान लागेपछि निगमले नयाँ जहाज भाडामा लिन खोजेको छ तर पाएको छैन । जसका कारण उडानहरू नै प्रभावित हुने देखिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply