उहाँहरूको तालमेलभन्दा हाम्रा एजेन्डा शक्तिशाली छन्
० तपाईंको उम्मेदवारी केका लागि हो र ?
– घोषणाका हिसाबले मुसीकोट नगरपालिका गुल्मीको दोस्रो नगरपालिका हो । यसमा नौवटा वडा समेटिएको छ । राज्यको पुनःसंरचनासँगै अधिकारसहितको स्थानीय सरकार गठन र हाम्रो पार्टी नेकपा ९एमाले० ले अगाडि सारेको घोषणापत्र र प्रतिबद्धताअनुरूप यो नगरपालिकालाई पहाडकै एउटा समृद्ध र नमुना नगरपालिका बनाउने उद्देश्यका साथ मेरो उम्मेदवारी परेको हो ।
० मुसीकोट नगरपालिकालाई नमुना नगरपालिका बनाउने तपार्इंसँग भावी योजनाहरू केके छन् ?
– यसमा पहिलो प्राथमिकता जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, बाटो र विकासका पूर्वाधारहरू पहिलो प्राथमिकता हो भने दोस्रो मुसीकोट नगरपालिकालाई एउटा समृद्ध नगरपालिका बनाउँदै यहाँका जनताको हरेक हिसाबले स्तर वृद्धि गर्नु छ र अहिले आधारभूत कुराहरू सँगै पूर्वाधार निर्माणको कुरालाई पहिलो प्राथमिकतामा राखेका छौं । जस्तो हामीले यसअन्तर्गत एक घर एक खानेपानी धारा, विजय भएको सय दिनभित्र सबैको घरमा बिजुली पु¥याउनेलगायतका हाम्रा योजना छन् ।
० सय दिनमा प्रत्येक घर बिजुली पु¥याउने त भन्नुभयो यस्ता महŒवाकांक्षी योजना भनेको समयमा पूरा गर्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– हामीले एउटा योजनाका साथ यो कुरालाई अगाडि सारेका छांै । यी कुनै पनि कुरा असम्भव छैनन् । अहिले सबै वडामा बिजुली पुग्न सकेको छैन । खासगरी विपन्न र दलित बस्तीमा यो समस्या धेरै छ । करिब सय घरपरिवार अहिले पनि अँध्यारोमा बस्न बाध्यता छ । उहाँहरूलाई विद्युत् निर्माणको कामसँगै सोलारबाट भए पनि सय दिनभित्र उज्यालो दिन्छांै । यस्ता खालका तथ्यांक बटुलेर सम्भव कामको प्रतिबद्धता गरेका छांै । हामीले अगाडि सारेका योजना देख्दा काल्पनिकजस्ता लागे पनि यसलाई वस्तुगत ढंगले अध्ययन गरेर अगाडि बढाएका हांै । जनतालाई अनुभूत हुने गरी काम गरेर देखाइदिन्छौं ।
० एमालेलाई हराउन गुल्मीका कतिपय ठाउँमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको कुरा आइराखेको छ यसबाट तपाईंको नगरपालिकामा कत्तिको असर देखिएको छ ?
– मलाई त्यस्तो लाग्दैन, उहाँहरू सरकारमा पनि सँगै हुनुहुन्छ । हामी प्रतिपक्षमा छौं । त्यस हिसाबले पनि उहाँहरूले हाम्रा विरुद्ध तालमेल गर्नु स्वाभाविक हो । उहाँहरू जसरी संविधान संशोधनका नाममा गुल्मी, पाल्पा, अर्घाखाँचीजस्ता पहाडी जिल्लालाई तराईबाट अलग गर्ने र दुईवटा राष्ट्रियता निर्माण गर्ने खराब षड्यन्त्रमा लाग्नुभएको छ । यस अर्थमा पनि यहाँका जनताले उहाँहरूलाई भोट दिएर कुनै पनि मूल्य चुकाउने पक्षमा हुनुहुन्न । जनताको जीवनस्तर उकास्ने सबालमा पनि उहाँहरूभन्दा हामीहरू योजना र कार्यक्रमले धेरैअगाडि छांै । अझ मूल रूपमा भन्ने हो भने राष्ट्रियता, सामाजिक न्याय, सामाजिक सद्भाव र सांस्कृतिक एकताका हिसाबले पनि हाम्रा अडान र प्रतिबद्धता जनताका अगाडि सही छन् । राष्ट्रप्रेमी जनताले यसको मूल्यांकन गर्नुभएको छ, जसको परिणाम पहिलो चरणको निर्वाचनबाट पनि देखिएको छ । उहाँहरूको तालमेलभन्दा हाम्रा एजेन्डा शक्तिशाली भएकाले हाम्रो विजय सुनिश्चित छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply