अदालतका केही घुमीफिरी उपत्यकामै
काठमाडौं । पछिल्लो समय न्यायालयमा नै खुलेआम अनियमितता हुन थालेका खबरहरू आइरहेका छन् । अदालतकै कर्मचारीहरू रंगेहात घुससहित अख्तिायारको टोलीले फेला पारिरहेका पनि छन् ।
अदालतमा लामो समयदेखि कार्यरत पुराना कर्मचारीहरूबाटै सेटिङ हुने गरेको खुलेको छ । सेटिङबाट सानादेखि ठूला कामसमेत गराउन उनीहरू लाग्ने गरेको बताइन्छ ।त्यसकै लागि उनीहरू कहिल्यै पनि उपत्यकाबाहिर सरुवा हुनै मान्दैनन् । नियमतः दुईदुई वर्षमा सरुवा हुनुपर्ने भए पनि सरुवापछि काज मिलाएर उनीहरू राजधानीकै विभिन्न अदालतमा बसिरहेको भेटिन्छ ।
अझ कोहीकोही त जागिरे जीवनको सुरुवात राजधानीबाट गरेर अवकाशसमेत कुनै बाहिरी जिल्ला नगई काठमाडौंबाटै हुने गरेका छन् ।
एकपटक सुगम जिल्लामा बसेको मान्छे अर्को पटकको सरुवामा दुर्गममा जानुपर्ने हुन्छ । त्यस्तो कामलाई न्यायिक मानिन्छ । तर न्यायलयभित्र ‘केहीलाई खातैखात, केहीलाई पुर्पुरोमा हात’ भनेजस्तो भएको एक पीडित कर्मचारीले बताए ।
त्यसरी राजधानीबाट राजधानीमै रमाउनेमा पुनरावेदन पाटनका स्रेस्तेदार बाबुराम दाहाल पनि एक भएको बताइन्छ । उनी अहिले ललितपुर उच्च अदालतबाट सर्वोच्च सरेका छन् । यसैगरी हरिकृष्ण बस्ती काठमाडौं जिल्ला अदालतबाट सर्वोच्चमा, हरि भट्टराई काठमाडौं जिल्लाबाट पाटन उच्च अदालतमा, भगवती चौलागाईं काठमाडौं जिल्ला अदालतबाट सर्वोच्चमा, तारककुमार श्रेष्ठ पाटन उच्च अदालतबाट काठमाडौं जिल्ला अदालतमा, सुरेन्द्र पौडेल काठमाडौं जिल्ला अदालतबाट सर्वोच्चमा, मदनराज भट्टराई पाटन उच्च अदालतबाट काठमाडौं जिल्ला अदालतमा सरुवा मिलाउन सफल भएका छन् ।
त्यसैगरी नारायण रिजाल धादिङ जिल्ला अदालतबाट काठमाडौंमा सरुवा भएका छन् । धादिङ जानुअघि पनि उनी काठमाडौंमा थिए ।
त्यस्तै कार्यालय सहयोगीको दरबन्दी भएकाहरू काठमाडौंमा लामो समय बस्न नपाउने भए पनि उनीहरू सेटिङ मिलाएर अदालतका अभियोग शाखा, फिराद शाखाजस्ता महŒवपूर्ण शाखामै अड्करिहेको भेटिन्छ । मूलतः यस्ता शाखा नै कर्मचारीहरूको रोजाइमा पर्ने गरेको छ । केही जल्दाबल्दा कर्मचारीहरू टिकासिंह खत्री, नारायणप्रसाद रेग्मीलगायत यस्तैमा रमाउन पाइरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply