22nd November 2017, Wednesday

E-budhabar

छन्द कविका समालोचनात्मक दृष्टि



छन्द कविका समालोचनात्मक दृष्टि

नेपाली साहित्यमा छन्दको गरिमा, महŒव र परम्परागत गौरवलाई बुझेर त्यसलाई बचाइराख्ने पछिल्ला पुस्ताका सर्जकमा दरिन्छन्, देवी नेपाल । उनका छन्दोबद्ध कविता र त्यसबारे सैद्धान्तिक रचनाहरू प्रशस्तै छन् । तिनै सर्जक नेपालको कलम छन्दबाहेक गजल, कविता र समालोचनामा समेत छरिएका छन् । ‘समयरेखा’ उनको समालोचनात्मक कृति हो, जसमा प्रगतिशील र गैरप्रगतिशील दुवै वृत्तका शिखर–प्रतिभाहरूका रचनात्मक पाटोबारे मूल्यांकन गरिएको छ ।
नेपालको कम्युनिस्ट राजनीतिमा अग्लो उचाइ कायम गरेका जननेता मदन भण्डारी एक सिद्धहस्त सिर्जनाकार हुन् भन्ने कुरा कमैलाई थाहा छ । हुन पनि भण्डारीको राजनीतिक व्यक्तित्वबारे अधिक चर्चा हुने गरेका हुँदा उनको साहित्य लेखनको पाटो ओझेलमा परेका छन् । तर, नेपालले भने जननेता भण्डारीको कवि व्यक्तित्वलाई गहन रूपले नियाल्दै केलाउन चाहेका छन् । भण्डारीलाई ‘छन्द कविताका कुशल सर्जक, नेपाली राजनीतिक इतिहासका अक्षुण्ण धरोहर एवं माक्र्सवादका नवीन व्याख्याता’ का रूपमा अथ्र्याउँदै नेपालले लेखेका छन्, ‘छोटो साहित्य लेखनका अवधिमा पनि महŒवपूर्ण सिर्जना नि सफल उनका रचनाहरू नेपाली साहित्यको प्रगतिवादी साहित्य लेखनका फाँटमा मात्र नभएर सिंगो नेपाली साहित्य जगत्कै अमूल्य निधि हुन् । उनका रचनाहरू एकातिर उनको साहित्यप्रतिको झुकाव र गहिरो अध्ययन एवं संवेदनशील मुटुका मूर्त चित्र हुन् भने अर्कातिर भण्डारीलाई केवल राजनीतिक छाताभित्रको हृदयशून्य नेता मात्र देख्नेहरूका लागि घतलाग्दा जवाफ पनि हुन् ।’

महाकाव्य लेखनमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अहिलेसम्म कसैले पनि उछिन्न सकेका छैनन् । देवकोटाले सातवटा महाकाव्यलाई पूरा गरे भने पाँचवटा अपुरै रहे । नेपालले ‘महाकवि देवकोटाका महाकाव्यमा प्रयुक्त वार्णिक छन्दहरू’ शीर्षकको समालोचनामा देवकोटाका चार महाकाव्यहरू शाकुन्तल, सुलोचना, महाराणा प्रताप र वनकुसुममा प्रयुक्त वार्णिक छन्दबारे केस्राकेस्रा केलाउन चाहेका छन् । यसैगरी नेपाली प्रगतिवादी धाराका अग्रज कवि युद्धप्रसाद मिश्रको खण्डकाव्य ‘मुक्त सुदामा’ लाई वैचारिक कोणबाट नियाल्ने प्रयत्न उनले गरेका छन् । लेख्छन्, ‘मुक्त सुदामा कवि मिश्रको भावधारा र विचारधाराको संश्लेषण हो, पौराणिक र आधुनिक जीवनको संयोजन हो र उनको समाजप्रतिको वैचारिक दृष्टिकोण हो ।’
केवलपुर किसान लोकजीवनका कवि थिए । राणाशासनविरोधी आन्दोलनदेखि नै खारिएका किसानले सरल, सहज र ग्रामीण क्षेत्रका जनताले तत्काल टिप्न सक्ने लोकभाकामा गीत र कविताहरू लेखे । समालोचक नेपालले कवि किसानको कवितामा निहित वैचारिक पक्षलाई नै छाम्न खोजेका छन् । किसानको कविताको जरो ‘माक्र्सवादी सौन्दर्य चेतना’ रहेको उल्लेख गर्दै उनले ‘पुरानोका विरुद्ध नयाँ, मृतका विरुद्ध जीवित, कुरूपताका विरुद्ध सुन्दरता, पतनोन्मुखका विरुद्ध उदयोन्मुख शक्तिका पक्षमा वकालत गर्ने माक्र्सवादी सौन्दर्यचेतनाको सरलीकरण किसानका कविताको कथ्य’ रहेको विश्लेषण गरेका छन् ।
यीबाहेक समालोचक नेपालले राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक ‘अश्वत्थामा’, गीतकार डा. कृष्णहरि बरालका गीति चेतना, शिव प्रणतको कवितामा प्रतीक योजना, चेतकान्त चापागार्इंको काव्यमा अन्तर्निहित चेतनाजन्य पक्षका साथै नेपाली उखानमा व्याप्त जातीय आरोपका साथै नेपाली साहित्यमा शास्त्रीय छन्दको परम्परा र पुनर्जागरणकालबारे पनि आफ्नो समालोचनात्मक दृष्टिकोण पेस गरेका छन् ।
कृति : समयरेखा
विधा : समालोचना
समालोचक : देवी नेपाल
प्रकाशक :आकृति–प्रकृति प्रकाशन
पृष्ठ : १५१
मूल्य : २००।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा