एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
मंसीर २०, काठमाडौं । मंसीर १४ गते झुलाघाटबाट शुरु भएको नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा लुम्बिनी छिरेको छ । उक्त टोली मंगलबार साँझ लुम्बिनी प्रदेशको रुकुमपूर्वको कैचीमोडमा प्रवेश गरेको हो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले स्वागत गरे । आज बागलुङ हुँदै दिउँसो ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरिएको छ ।
आज बिहानै रुकुमपूर्वको रुकुमकोटस्थित होटल लेकसिटीमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने, त्यसपछि छिपृदहस्थित पिपलबोटमा कोणसभा गर्ने र १० बजे भूमे गाउँपालिकाको लुकुममा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको एमाले रुकुमपूर्वले जनाएको छ । रुकुमपूर्व सशस्त्र द्वन्द्वदेखि नै माओवादीको पकड भएको क्षेत्र मानिन्छ ।
अहिले यहाँ एमालेले संगठन बलियो बनाउँदै लगेको छ । उहाँ ओलीले कार्यकर्ता तथा स्थानीयका कुरा समय दिएर सुन्नत चाहेको प्रदेशका नेताहरूले बताएका छन् ।
मंसिर १४ देखि सुरू १९ दिनको पदयात्रा सुदूरपश्चिम र कर्णालीमा सकिसकेको छ ।
सम्बन्धित समाचार
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
- कुइनेटाहरूमा मुकेशलाई भेट्दा
Leave a Reply