खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य

६ असार, काठमाडौं । खाना पकाउने ग्यासमा अब दुई थरी मूल्य निर्धारण गरिने भएको छ । औद्योगिक प्रयोजन र घरायसी प्रयोजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो । औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।
पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी गराएका हुन् । त्यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रङ्ग पनि फेरिने उनले जानकारी दिए । हिजो रातो र नीलो सिलिण्डरको मात्रै कुरा गरियो अब रङको मात्रै होइन, साइजको कुरा ५ देखि ४ सय केजीसम्म ग्यासका सिलिण्डर आउने गर्छ उनले भने ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं उनले भने ।
हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको पनि उनले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेपनि निगमले बढाएको छैन । हाल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।
सम्बन्धित समाचार
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
गठबन्धन सरकारले आर्थिक संकट पैदा गर्यो : महासचिव पोखरेल
-
पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
-
गठबन्धन देशका लागि अभिशाप : ओली
-
सेनाले एसपीपीमा सहभागी हुन मर्यादा नाघेर पत्र लेख्यो : केपी ओली
-
एमाले अध्यक्ष ओलीले आज संसदलाई सम्बोधन गर्ने
-
प्रतिनिधिसभा बैठक बस्दै
Leave a Reply