मेरो कामको मूल्यांकन आउने चुनावले गर्दछ
० बेलका नगरपालिकामा तपाईको उम्मेदवारी किन ?
– बेलका नगरपालिकाको बाटोमा हिँडेको, यहीँ माटोमा हुर्केको र मैले मेरो ऊर्जाशील समय यहाँको विकास र जनताको गाह्रोसारोमा सरसहयोग गरेर बिताएको छु । बेलका नगरपालिका बनाउनमा मेरो महŒवपूर्ण योगदान रहेको छ । आफूले रोपेको बिरुवा आफंैले हुर्काउने अठोट गरेको छु । मेरो प्रिय पार्टीका साथीहरूले सर्वसाधारण यस क्षेत्रका सर्वसाधारण जनताहरूले हार्दिकताका साथ गरेको आग्रह र बेलकालाई विकास र समृद्धिको यात्रामा डो¥याउने मेरो आफ्नै इच्छाशक्तिको कारणले मैले बेलका नगरपालिकामा नेकपा (एमाले) को तर्फबाट मेयर पदका लागि उम्मेदवारी दिने अठोट गरेको छु । हालसम्म मैले प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई यही माटोमा रोपेर जनताको जीवनमा सार्थक सकारात्मक परिवर्तन ल्याउन चाहन्छु । अर्को कुरा यो नयाँ नगर हो र यो शिशुकालमा छ । यसलाई धेरै स्याहारचाकर गर्नुपर्ने छ । यसका लागि मेरो समय लगानी गर्ने उद्देश्य लिएर उम्मेदवारी दिएको हँु ।
० बेलका नगरपालिकाको विकासका लागि तपार्इंका एजेन्डा केके छन् ?
– सबैभन्दा पहिला बेलका नगरपालिकाको वैज्ञानिक टाउन प्लानिङ गर्ने पाँचवर्षे रणनीतिक योजना तयार गर्ने, नगरभित्र रहेका सबै विज्ञ र समाजसेवीहरूसँग छलफल गर्ने । सहमतिका आधारमा विकास प्रक्रिया अगाडि बढाउने कार्यबाट कामको थालनी गरिनेछ । विकास भनेको विचारले निर्देशित गरेको सहभागितामा आधारित सकारात्मक कार्यहरू हुन् । यो नगरमा पर्याप्त प्राकृतिक स्रोतसाधन छन् । सुनकोसी र सप्तकोसीद्वारा वेष्टित, त्रियुगाले छेकेको यो एक प्रायद्वीप हो । जल यातायात ¥याफ्टिङ, विद्युत् उत्पादनको प्रचुर सम्भावना छ ।
मैनामैनीको कालोहोङ झरना, बबलाको रानीछाँगा, टंकेला गुफा, मैना राजा, मैनामैनीको मन्दिर, महाकालीको मन्दिर, बेलका जंगल, महाभारतको रमणीय डाँडा, कोशी वन्यजन्तुु आरक्षण क्षेत्र, ढुंगा, गिटी, बालुवा, गिनेरीलगायतका खोलानाला, वन्यजन्तु आदि प्राकृतिक सम्पदाको परिचालन गर्न सकिन्छ । गिनेरी नदी नियन्त्रण र त्रियुगा नदी नियन्त्रण गरेर सयौं बिघा जमिन हासिल गर्ने । पुराना चारवटै गाविस समेटेर बाहिरी र भित्री रिङरोड बनाउने । व्यावसायिक कृषि, पशु र वन सन्तुलित विकास समुन्नत जीवन भन्ने नारालाई पूरा गर्ने । बाली बिमा, पशु बिमा कार्यक्रम सञ्चालन गर्ने । उर्वर र उब्जाउ भूमिमा सिँचाइको व्यवस्था गर्ने । बबला, मैनामैनी र कोसी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने । सकुम्बासी समस्या समाधान गर्ने । युवाहरूलाई रोजगारमूलक कार्यमा समावेश गर्ने । प्रत्येक वडामा एकएक खेल मैदान बनाउने । खेलाडीहरूलाई परिचयपत्र दिने । औषधोपचार, जीवनबिमा गराउने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने । खेलाडीलाई व्यावसायिक बनाउने । नगरमा खेलकुद विकास बोर्ड बनाउनेलगायतका धेरै कार्य गर्न सकिन्छ । प्रत्येक वडामा किशोरकिशोरी मैत्री सर्पदंशको उपचारसहितको बर्थिङ सेन्टर भएको स्वास्थ्य संस्था सञ्चालन गर्ने । नगरपालिकाको केन्द्रमा ५० बेडसहितको अस्पताल सञ्चालन गर्ने । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने । मानसिक स्वास्थ्यका लागि योग शिविर ध्यान केन्द्र र परामर्श सेवा उपलब्ध गराउने । आयुर्वेद अस्पताल स्थापना गर्ने । शिक्षाको क्षेत्रमा पाँच वर्षभित्र एउटा स्नातकोत्तर तहसम्मको क्याम्पस स्थापना गर्ने । कृषि प्राविधिक शिक्षालय र एउटा इन्जिनियरिङ प्राविधिक शिक्षालय स्थापना गर्नेलगायतका धेरै काम मेरो प्राथमिकतामा छन् । नेपालको संविधान २०७२ ले नगरपालिकालाई प्रदान गरेको सबै अधिकारलाई यथोचित कानुनहरूको निर्माण गरेर कार्यान्वयन गरिनेछ ।
० यो नगरपालिका रहेका समस्याहरूको समाधान गर्न तपाईंको के भूमिका हुन्छ ?
– म एक राजनीतिक तथा सामाजिक कार्यकर्ता हुँ । बेलका नगरपालिका समस्याहरू समाधान गर्न मेयरको हैसियतले मैले मियोको भूमिका निर्वाह गर्नुपर्दछ । मैले सम्बन्धित पक्षहरूको सहभागितामा योजनाहरू निर्माण गर्नेछु । योजना कार्यान्वयन गरी प्रभावकारी अनुगमन र मूल्यांकन गर्नेछु । मैले राष्ट्रिय अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समन्वय र सहकार्य गर्दै नगरपालिकामा आर्थिक स्रोत भिœयाउँछु । नगरपालिकाभित्रका विज्ञ व्यक्तिहरूको दक्षताको प्रयोग गर्छु । स्थानीय रूपमा गठन भएका सहकारी महिला समूह, क्लब र गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गरेर उनीहरूमार्फत विकास निर्माणका कार्यक्रम गर्छु ।
० यहाँ एमालेको मुख्य प्रतिस्पर्धी पार्टी कुन हुन्छ जस्तो लाग्छ ?
– यस नगरपालिकामा जनाधार र संगठन मजबुत भएको पार्टी नेकपा (एमाले) नै हो । हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । विगतको संविधानसभामा नेपाली कांगे्रसले जितेको क्षेत्र हो । त्रिकोणात्मक प्रतिस्पर्धा भए पनि माओवादी केन्द्र तेस्रो शक्ति हो भन्ने लाग्छ ।
० तपाईंलाई गाउँ छाडेर सदरमुकाम बसेको भन्ने आरोप छ नि ?
– यो एउटा जनताको भावनासँग खेलबाड गर्ने सस्तो नारा मात्र हो । म गाविस अध्यक्ष रहुन्जेल गाविस भवननजिकै उमेश कटुवालको घरमा डेरा लिएर बस्ने पहिलो गाविस अध्यक्ष थिएँ । मभन्दा अघिल्ला सबै आफ्नो घरबाट आउनुहुन्थ्यो । मेरो पदावधि सकिएपछि म गाईघाट बस्न थालें । जिल्लाको सदरमुकाममै सबै कामहरू हुन्थे । मैले मलाई काम गर्न भनेर अनुरोध गर्ने कुनै पनि जनताको काम रोकेको छैन । मेरो अझै अंशबन्डासमेत भएको छैन । मैले बेलकामा जति काम गरेको छु, त्यसको मूल्यांकन आउने चुनावले गर्नेछ ।
० पहिलो चरणमा सम्पन्न निर्वाचनमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ, उदयपुरमा पनि त्यसको प्रभाव पर्ला नि ?
–नेकपा (एमाले) ले लिएको राष्ट्रवादी अडान, राष्ट्रियता, जीवनका हरेक क्षेत्रमा एमालेले पु¥याएको योगदान वृद्धवृद्धा एकल महिला, दलितलाई दिएको सम्मानका कारणले एमाले जनतामाझ लोकप्रिय हुँदै गएको छ । पहिलो चरणको चुनाव कांग्रेस, माओवादी केन्द्र गठबन्धनले उनीहरूकै पकड क्षेत्रमा गराए तर जनताले एक्स्पायर भएको औषधि ठानेर उनीहरूलाई लत्याएका छन् । उदयपुर जिल्लामा पनि राष्ट्रिय राजनीतिको प्रभाव त जरुर पर्छ । यहाँका जनता कहिले चुनाव हुन्छ र सूर्यमा भोट हालौं भनेर आतुरका साथ १४ असार कुरेर बसेका छन् ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply