वर्तमान सरकारबाट मुलुकलाई पााच खतरा
१. चुनावै नगर्ने खतरा
२०७४ माघ ७ गतेभित्र तीनवटा निर्वाचन सम्पन्न गरेर नयाा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने गहन जिम्मेवारी हाम्रो कााधमा छ । हामीले जारी गरेको संविधानको भविष्य त्यहाा छ । तर, अहिले जसले जारी संविधानलाई मन पराएका छैनन्, उनीहरूले त्यो समयसीमालाई टार्न खोजिरहेका छन् । २०७४ माघ त आओस्, त्यो बेलासम्ममा संविधान त नबनोस् भन्ने अनि त्यसलाई प्वाल पार्न सुरु गर्छौं भन्दै केही शक्तिलाई खुसी पार्ने योजनामा उहााहरू लाग्नुभएको छ ।
सबैलाई थाहा भएकै कुरा हो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा स्थानीय निकाय, वैशाखमा प्रदेश र २०७४ मंसिरमा प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यसूची नै सार्वजनिक गर्नुभएको थियो । त्यो कार्यसूचीले पूर्णता पाउनेबित्तिकै संविधान पूर्ण कार्यान्वयनमा जान्थ्यो ।
तर, कांग्रेस–माओवादी गठबन्धन बन्नेबित्तिकै माओवादी अध्यक्ष पुष्पकल दाहालकै निवासमा बसेर त्यो कार्यसूची अदलबदल गर्ने काम भएको छ । मंसिरमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन चैतमा गर्ने भनिएको छ । अहिले उहााहरूले गरेको सम्झौताअनुसार चैत महिना भनेको प्रचण्डजी जाने र कांग्रेस सभापति शेरबहादुर देउवाजी आउने बेला हो । सत्ताको चरम लेनदेन हुने त्यो बेला स्थानीय निकाय निर्वाचन होला भनेर कुनै पनि मूर्खले पत्याउन सक्दैन । उहााहरूले अहिलेदेखि नै चैतमा स्थानीय निकायको निर्वाचन हुन नदिने चलखेल सुरु गरिसक्नुभएको छ ।
चैतमा स्थानीय तहको निर्वाचन नभएपछि प्रदेशको चुनाव पनि त्यत्तिकै नहुने भइहाल्यो । तीन तहको निर्वाचन एकैपटक गर्ने भन्ने कुरा झन् मूर्खताबाहेक केही पनि हुादैन । उहााहरूको यो गतिविधिलाई हेर्दा २०७४ माघसम्ममा कुनै पनि निर्वाचन नगर्ने र अन्तत: विगतमा जस्तै खिलराज रेग्मी वा लोकमानसिंह कार्कीहरू जस्ताका हातमा सत्ता सुम्पिने खतरा देखिन्छ । निर्वाचन नगर्ने र संविधान कार्यान्वयन हुन नदिने पहिलो प्रयत्न उहााहरूबाट हुनेछ । त्यसमा हामी सजग हुनुपर्छ ।
२. विदेशी हस्तक्षेपको खतरा
नेकपा (एमाले) नेतृत्वको सरकारले राष्ट्रिय माथि उठाएको छ । सामाजिक सञ्जालहरूमा पनि हामीले त्यसको अभिव्यक्ति देखेका छौं । हाम्रा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री रहुन्जेल कुनै पनि विदेशीसाग झुक्नुभएन । धेरैले त्यो स्वाभिमानसाग जोडेर नेपाली हुनुमा गर्व गरे । अहिले त्यसमा प्वाल पार्ने काम भएको छ । यी दृश्यहरू निकै सांकेतिक छन् । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीसाग ओलीले शिर ठाडो पारेर हात मिलाएको र प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्डले शपथ खाने क्रममा राष्ट्रपति भवन शीतल निवासमा भारतीय राजदूतसाग झुकेर हात मिलाएको प्रसंगले पनि निकै अर्थ राखेको छ ।
नेपालमा प्रधानमन्त्री फेरिादा छिमेकी देशमा दीपावली मनाएको प्रसंग पनि त्यो घटनासाग मिल्दोजुल्दो देखिन्छ । केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि भारतीय सञ्चार माध्ययममा लेखिएका सम्पादकीय र समाचारहरूबाट धेरै कुरा बुझ्न सकिन्छ । यसले पनि के कुराको पुष्टि हुन्छ भने यो गठबन्धनले विदेशीहरूको नेपालमाथिको ठाडो हस्तक्षेपलाई टुलुटुलु हेर्नेछ । हामी यो कुरामा सचेत हुन जरुरी छ ।
३. फेरि कूटनीतिक असन्तुलनको खतरा
नेकपा (एमाले) दुवै छिमेकी देशसाग सन्तुलित सम्बन्ध कायम राख्न चाहन्छ । हामीले चीनसाग पनि भारतकै जस्तो व्यापार विस्तार गर्ने थालनी गरेका थियौं । हामीले दुवै देशसाग सन्तुलित सम्बन्ध राख्ने प्रयासहरू जारी राख्दै आएका थियौं । त्यसैबेला हठात् सरकार ढाल्ने खेल भयो । प्रधानमन्त्री प्रचण्डजीले व्यवस्थापिका–संसद्मा उभिएर ‘छिमेकसागको सम्बन्ध असन्तुलित भएको’ भन्दै आलोचना गर्नुभयो । उहााको भाषामा सन्तुलित भनेको के हो ? सधैंभरि भारतको निर्भरता र उसैसाग आशा गर्नुपर्ने अवस्थालाई उहााहरूले सन्तुलित भन्नुभएको हो भने हामीले बुझ्न जरुरी छ । उहााहरूले कस्तो सन्तुलत खोज्नुभएको छ ? हाम्रो राष्ट्रवाद भारत वा चीन पक्षको होइन । नेपालले भारत वा चीनको प्रभाव बढाउन खोजेको होइन । हामीले नेपालको प्रभाव बढाउन खोजेका हौं । हामीले दुवै देशको सहयोग खोजेको हो, निर्भरता होइन । भारतसाग दुश्मनी हुनुपर्ने कुनै कारण छैन । अझ भारतसाग नेपालको भाषा–संस्कृतिका हिसाबले चीनसाग भन्दा प्रगाढ सम्बन्ध रहिआएको छ । हाम्रो असहमति दिल्लीको केजरीवाल सरकारलाई ‘डिक्टेट’ गर्न नसक्ने, विहारको नितिशकुमार सरकारलाई त्यति भन्न नसक्ने तर नेपालको हरेक परिवर्तनमा ‘डिक्टेट’ गर्ने भारतको नीति ठीक भएन भन्ने मात्र हो । हामी दुवै देशसाग सन्तुलित सम्बन्ध कायम राख्न चाहन्थ्यौं । उहााहरू त्यो भत्काउने प्रयत्नमा हुनुहुन्छ । यसबाट पनि हामी सचेत हुनुपर्छ ।
४. समृद्धिको सपनाको हत्याको खतरा
यसबीचमा हामीले समृद्धिका कल्पना, योजना र सपनाहरू बुनेका थियौं । सामाजिक सञ्जालमार्फत पनि मिनी जनमतसंग्रह भएको छ । त्यहाा हजारौं युवाहरूले सरकार हुनुको अनुभूति भयो भनेर ओली सरकारको प्रशंसा गरेका छन् । हजारौं–लाखौं नागरिकहरूमा पलाएको समृद्धिको सपना अहिले तुहिएको छ । यो सरकारमा सिर्जनात्मक सोच र जनताप्रति विश्वास छैन । तामाकोसीको १० प्रतिशत सेयर हाम्रा लडाकूका नाममा देऊ भनेर झगडा गर्ने यो सरकारका प्रधानमन्त्रीले समृद्धिको सपनालाई साकार बनाउने कल्पना गर्न सकिन्न ।
माओवादीले समर्थन फिर्ता लिएपछि हामी अल्पमतमा पर्छौं भन्ने निश्चित थियो । त्यसैबेला खुरुक्क राजीनामा दिएर पनि हिाड्न सक्थ्यौं । तर, हामीले त्यसो गरेनौं । यी सारा कुरा नेपाली जनताले थाहा पाउनुपर्छ भनेर नै हामीले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव सामना गर्न सल्लाह दिएका हौं । देशविदेशका सञ्चार माध्यम, माननीय सांसदहरू सबैलाई साक्षी राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न गर्नुभएको छ– ‘फास्ट ट्रयाक के हुन्छ ? हुलाकी राजमार्ग के हुन्छ ? रेल के हुन्छ ? वृद्धभत्ता के हुन्छ ?’ अब यी सबै कुरामा हरेक नेपाली जनताले खबरदारी गर्नुपर्छ ।
५. मधेसमा फेरि आगो बाल्ने खतरा
जातीयता र क्षेत्रीयताको आन्दोलन चरम बनेको थियो । यो बीचमा हामीले सिटामोल खुवाएर साम्य पारेका थियौं । कथित मधेस आन्दोलन समाप्त भएको थियो । हुन त यसले एउटा राम्रो पनि गरेको छ । संविधान पुनर्लेखन नगरेसम्म मान्दैनौं भन्नेहरू अहिले चिसै पानीले नुहाएर धारा २९८ अनुसार सरकारमा जान खुट्टा उचालेर बसेका छन् । मधेसलाई स्वतन्त्र बनाउाछौं भन्नेहरू पनि अहिले सरकारमा जान खुट्टा उचालिरहेका छन् ।
तर, उहााहरूले नै मधेस स्वतन्त्र बनाउनुपर्छ, मधेसमा दुई प्रदेश चाहिन्छ भन्ने नाममा फेरि एकपटक मधेसमा आगो बाल्न कोसिस गर्नुहुनेछ । त्यसले देशलाई फेरि एकपटक समस्यामा लैजानेछ । म उपेन्ऽजी, महन्थजी र राजेन्ऽजीहरूलाई प्रश्न गर्न चाहन्छु– उधारो तीन बुादे सहमतिमै जानु थियो भने तपाईंहरूले तराई–मधेसमा कथित आन्दोलनका नाममा ५७ जना छोराछोरी किन मार्नुभयो ?
(झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply