साहित्य सन्ध्यामा जेठा कवि
काठमाडौं । साहित्य सन्ध्याको ३३५ औं कार्यक्रम ‘ज्येष्ठ कविका कविता वाचन’ का साथ गएको शनिबार सम्पन्न भयो । प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरी र अतिथिहरूमा प्राज्ञ विष्णु प्रभात, वरिष्ठ कवि तुलसी दिवस, रामबहादुर पहारी, मोहन दुवाल उपस्थित भएको उक्त कार्यक्रमको अध्यक्षता राम विनयले गरेका थिए ।
उक्त कार्यक्रममा कविहरु नरेश शाक्य, मोहन दुवाल, तीर्थराज वन्त, आनन्दराम पौडेल, जगन्नाथ आचार्य, रामबहादुर पहारी, पुनाराम गिरी, तुलसी दिवस, ब्रह्मप्रिय प्रेम स्वरुप, रमेश गौतम ‘पाल्पाली’ र डिल्लीराज अर्याल, र रविना घिमिरेले रचना वाचन गरेका थिए ।
प्रमुख अतिथि गिरीले रूपान्तरणको चाहना कवितामा अभिव्यक्त भएको, लोकहित र राष्ट्र निर्माणको सन्देश कवितामा समेटिएको, महिला सम्मानमा जोड दिँदै पशुता र क्रूरताका विरुद्धमा आवाज उठाइएको, राज्य संवेदनशील नभएको र बुख्याँचाहरूको साम्राज्य मडारिएको अवस्थाप्रति गम्भीरतापूर्वक चिन्ता जाहेर गरिएको बताएका थिए ।
सम्बन्धित समाचार
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
- एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु
Leave a Reply