फेरि सस्तो प्रचार
कुनै–कुनै मानिसको स्वभाव नै त्यस्तै हुन्छ, आफूलाई चर्चामा ल्याउन केही न केही हर्कत गरी नै रहन्छन् । कोही–कोही टुप्पीले ट्रक तानेर आफूलाई चर्चित तुल्याउन चाहन्छन् भने कोही चाहि“ विश्वभरि साइकल कुदाएर चर्चा बटुल्न चाहन्छन् । कुनै अनौठो काम गरे चर्चित भइने मानसिकतामा बा“धिएकाहरूले नै यस्ता काम गर्छन् । र, अधिकांश मानिसको उद्देश्यचाहि“ अनौठो काम गरेर गिनिज बुकमा नाम दर्ज गराउने हुन्छ । यस्ता कार्यमा संसारका एकाध मानिसहरूले मात्रै रुचि राख्छन् ।
झन् राजनीति गर्नेहरूले त आफूलाई चर्चा÷परिचर्चाको वृत्तभित्र अवश्य नै उभ्याउनु आवश्यक छ । राजनीति गर्नेहरूले बेलाबखत केही न केही हर्कतहरू गरिरहनु नै पर्छ । होइन भने, ओझेलमा पर्ने खतरा उत्तिकै रहन्छ । हाम्रा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि विश्वका ‘स्टन्टबाजी’ गर्ने केही सीमित व्यक्तिहरूको लहरमा पर्दछन् भन्दा अत्युक्ति नहोला । केही दिनअघि मात्रै उनले ‘अबदेखि आफू पा“चतारे होटलका कार्यक्रममा नजाने’ उद्घोष गरेछन् । केका लागि भन्दा, मितव्ययिताका लागि रे † पा“चतारे होटलमा कार्यक्रम आयोजना गरेर फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि र आफूले मितव्ययी जीवनशैली अंगीकार गर्नका लागि यस्तो टुंगो गरेका हुन् रे, डा.साबले । सुन्दा अत्यन्तै मीठो र आनन्द लाग्ने निर्णय भए पनि यो डा.साबको स्टन्टबाजीकै अर्को उदाहरण हो भन्दा फरक पर्दैन ।
विगतमा प्रधानमन्त्री हु“दा आफ्नो सस्तो लोकप्रियता कायम राख्नका लागि कहिले गरिबको घरमा गएर एक रात बिताउने, कहिले प्रधानमन्त्री कार्यालयको क्यान्टिनकै खाना खाने र कहिले हेलो सरकारका नाममा जनतासित प्रत्यक्ष जोडिने कार्य गरे पनि उनको प्रधानमन्त्रीत्व काललाई त्यति उपलब्धिमूलक मानि“दैन । किनकि, आफ्ना आफन्त, नातागोता, आसेपासेहरूलाई राज्यको ढुकुटी वितरण गर्न उनले जति चासो देखाए, उति देशलाई उन्नति र प्रगतिको दिशातिर डोहो¥याउन उनी चुके ।
आफूलाई मितव्ययी बनाउन चाहनेले सुरुमा परिवारभित्रै त्यसको अभ्यास गर्नुपर्छ । तर, हिसिला म्यामले त्यस्तो औसर कहा“ देलिन् र ? हिसिला म्यामले विगतमा बटुलेका अकुत सम्पत्ति, हाइफाइयुक्त जीवनशैली र बदनामीको भारी हेर्दा डा.साबको मितव्ययिताको कुरा खोक्रो आदर्शभन्दा अर्को केही होइन भन्ने सहजै बुझ्न सकिन्छ । जे होस्, नेपालको राजनीतिक परिदृश्यमा आफू पनि छु भन्ने जनाउ दिनका लागि र केही न केही चर्चा बटुल्नका लागि डा.सा’बले जे–जस्तो कदम चालेका छन्, यसलाई प्रशंसित नजरले हेर्नुपर्छ ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply