मतिमा बेइमानी कांग्रेसको परम्परा -त्रिलोचन ढकाल

विगतदेखि वर्तमानसम्मको नेपाल हेर्ने हो भने यहॉ ठूल्ठूला जनआन्दोलन, माओवादी जनयुद्ध, मधेस जनआन्दोलन जस्ता भिषण संघर्षहरू सम्पन्न भएका छन्। र, तिनले राणा, पञ्चायत र राजतन्त्र जस्ता जनविरोधी शासनहरू ढालेका पनि छन्। यस्तो हु“दा पनि जनताका नेता कोही पनि किन राष्ट्रपिता हुन सकेनन् ?
शपथ ग्रहण गरेको हप्तादिन बितिसक्दा पनि प्रधानमन्त्री सुशील कोइरालाले सहयात्रीसँगको सहमति कार्यान्वयन गरेर मन्त्रीमण्डल बनाउन सकेका छैनन् । अहिलेसम्म उनी पुरेतको टुपीजस्तो एक्लै लिखुर–लिखुर हल्ल‘दै हि“डिरहेका छन् । यसले देश र जनतालाई बेइज्जती र लाजको घुम्टोभित्र बस्न बाध्य पारेको छ । सहमति कार्यान्वयनका जति ठूला गफ गरिरहेको भए पनि कांग्रेसभित्रको इमानदारी लाजले भुतुक्क नभइरहन सकेको छैन ।
नेतृत्वले आफैं सबै काम गर्न नभ्याएपछि कार्य विभाजन गरेर अरू साथीहरूलाई जिम्मेवारी दिनुलाई अस्वाभाविक मानि“दैन । तर, वार्ता गर्न पठाइएकाहरूले गरेको सहमतिका आपूmलाई मन नपरेका कुराहरू कार्यान्वयन गर्न नचाहेको कुरालाई भने स्वाभाविक मान्न सकि“दैन । कांग्रेस सभापति कोइरालाले एमालेस“ग वार्ता गर्न भनेर टोली पठाएका थिए भन्ने कुरा सबैलाई थाहा छ । अर्काे के कुरा पनि स्पष्ट देखियो भने वार्ता टोलीले वार्ता गरेर एउटा सहमति पनि गरेको थियो । अहिले तिनै सहमतिका केही कुराहरू कार्यान्वयन गर्न हिच्किचाइरहेको हुनाले समस्या खडा भएको छ । जिम्मेवारी पाएका वार्ताकार खटाइसकेपछि अरू कसैलाई मन परेन भन्दैमा कार्यान्वयनमा जान हिच्किचाउनुलाई इमानदारी मान्न सकि“दैन ।
भन्न त भन्ने गरेको नसुनिएको पनि कहॉ हो र ? सहमति बाध्यतावश गर्नुपर्ने विषय हो र मिच्ने, थिच्ने र झुक्याउने मौका पाइयो भने कार्यान्वयन गर्ने कुरा अनिवार्य हुन्छ भन्न सकि“दैन । अहिले मात्र होइन, पहिला पनि कांग्रेसबाट धेरै पटक यस्तो गरिएको छ । एउटा के कुरालाई सत्य मान्न सकिन्छ भने सहमतिले सबै सहयात्रीहरूलाई बाध्यताको डोरीले नै कस्ने गर्दछ तर, सहमतिअनुसार आपूmले प्राप्त गरेपछि अर्को सहयात्रीलाई धोखा दिने कुरालाई समयले जायज मान्छ जस्तो लाग्दैन । विगतका केही घटनाको मूल्यांकन गर्दा के देखिन्छ भने बेइमानहरूले एक दुई पटक मिचमाच गरेर फसाए पनि त्यो क्रियाकलापलाई नाजायज नै मानिएको छ, इतिहासमा । त्यस्ता नाजायज कामबाट देश र जनताले निकै ठूल्ठूला दण्ड पनि बेहोर्नुपरेको छ ।
आप्mनो पार्टी, वर्ग र निजी स्वार्थका निम्ति कांग्रेसले उसको शिशु अवस्थादेखि नै इमानदारी र नैतिकताको बाटो हि“ड्न नसकेको देखिन्छ । ००७ सालको क्रान्तिमा दिल्ली सम्झौता गरेर भागेको राजालाई नफर्काएको भए देशले यति लामो समयसम्म रगतको बाढी बगाएर लोकतान्त्रिक लडाइ‘ लड्नुपर्ने थिएन । ऊ जनताप्रति इमानदार हुन नसक्नाकै कारणले घोषित संविधानसभाको निर्वाचन पनि हुन सकेन उतिबेला । तैपनि ०१५ सालमा जनताले दुई तिहाइभन्दा बढी भोट दिएर सत्तारोहण गराए । अरू सर्वसाधारण जनताको त कुरै छाडौं, उसले आप्mना मतदाताको समेत भावना बुझ्न सकेन । आप्mना दुई तिहाइ मतदातालाई मात्र पनि प्रजातन्त्रका समर्थक बनाइराख्न सकेको भए डेढ वर्षमै प्रजातन्त्रको लास बोक्नुपर्ने थिएन । आप्mना मतदातालाई समेत चित्त बुझ्ने काम गर्ने चाहना नदेखाएपछि उसका टाउकामाथि बज्रेको प्रहारले जनता, प्रजातन्त्र र राष्ट्रलाई समेत घाइते तुल्याइदियो ०१७ सालमा ।
०१७ सालपछि नेपाली कम्युनिस्ट आन्दोलनका महानायक पुष्पलालले अगाडि ल्याएको ‘संयुक्त जनआन्दोलन’को कार्यनीतिलाई पनि कांग्रेस कार्यान्वयनमा लैजान तयार भएन । बरू, उसबाट कम्युनिस्ट र कांग्रेसका बीचमा लडाइ‘ गराउने काम मात्र भएन, कैयौं युवा कम्युनिस्टको हत्यासमेत हुन गएको कुरा सबै नेपालीका अगाडि छर्लंग छ । ऊ संयुक्त जनआन्दोलनमा अगाडि बढ्न तयार भएको भए पञ्चायति व्यवस्थाले नामकरणको शुभमुहूर्त पनि भेट्ने सम्भावना थिएन । तर, दुःखको कुरा उही पार्टी संयुक्त आन्दोलन गर्न तयार भएन र पञ्चायती निरंकुशता तीन दशकको उमेरसम्म जिउ‘दो रहन सक्यो । बरू उसको नेतृत्वले कम्युनिस्टको हाउ देखाउ“दै सामन्तस‘ग घॉटी जोड्न तयार भयो । त्यसले निरंकुशतन्त्रको मरणोन्मुख शरीरलाई कोरामिन उपलब्ध गराइदियो । ०४६ सालमा मात्र वामपन्थीहरूको चौतर्फी दबाबका कारणले ऊ संयुक्त जनआन्दोलनमा जान तयार भयो । त्यो संयुक्त जनआन्दोलनले ३० वर्षसम्म जनताको शोषण र दमन गरिरहेको पञ्चायती व्यवस्थालाई मात्र धराशायी बनाएन निरंकुश राजतन्त्रको श्रीपेचलाई समेत भुइ‘मा खसालिदियो । त्यसपछि पनि उसले आन्दोलनका सहयात्रीलाई पटक–पटक धोखा दि“दै आएको कुरा सर्वविदितै छ ।
०४८ सालको संसदीय निर्वाचनमा नेपाली जनताले पुनः कांग्रेसलाई बहुमत दिए । त्यो पनि पचाउन सकेन उसको अल्सरग्रस्त पेटले । त्यतिबेला उसले जनआन्दोलनमा भाग लिएका सचेत कर्मचारीलाई पहिलो मारक निसाना लगाउने काम ग¥यो । जसले पसिना र रगत बगाएर आन्दोलनद्वारा उसलाई सत्तासीन बनाएका थिए उनै कर्मचारीलाई बर्खास्त गर्नेसम्मको काम भयो । त्यतिबेला करिब १० हजार कर्मचारीहरू सिकार हुन गए भन्ने तथ्यांक देख्न र सुन्न पाइन्छ, अहिले पनि । त्यतिबेला एमालेले मात्र पनि ६९ सिट प्राप्त गरेको थियो संसद्मा । त्यसलाई त उसले वास्ता गरेन मात्र होइन, एमालेलगायतका विपक्षीहरू र आप्mनै पार्टीभित्रका गणेशमान र कृष्णप्रसाद भट्टराईलाई समेत सखाप पार्ने दुर्नियत राखेर मध्यावधि निर्वाचनमा धकेलिदियो देशलाई, ०५१ सालमा । त्यतिबेला भने जनताले सचेत झापड लगाइदिए र सय चक्कर लाग्ने अवस्थामा पु¥याइदिए, उसलाई । तर पनि, उसले जाल, झेल, षड्यन्त्र र धोखाधडी गर्न छाडेन जनता र सहयात्रीहरूप्रति ।
देशको शक्तिशाली र बूढो पार्टी भएको हैसियतले सबैको अभिभावक हुनुपर्नेको त्यस्तो क्रियाकलापले जनता र अरू पार्टीहरूलाई मात्र होइन, प्रजातन्त्रलाई नै कमजोरभन्दा कमजोर हुने स्थिति सिर्जना हुन गयो । त्यसकै गर्भबाट ०५२ सालमा माओवादी जनयुद्धको जन्म हुन गयो र देश पुनः रगतको बाढीमा प्रवाहित हुन बाध्य भयो । सही कुरा भन्ने हो भने बच्चा जन्मनमा बच्चाको दोष मान्न सकि“दैन । त्यस्तो बच्चा जन्माउने बाउआमालाई नै देषी मान्ने कुरा सही हुन आउ‘छ । तर, दोष माओवादीले पाउनुप¥यो महाभारतकी कुन्तीको अनैतिक क्रियाकलापको परिणामस्वरूप जन्मेको छोरा कर्णले पाए जस्तै । कांग्रेसले जनताका समस्या केही मात्र पनि हल गर्न सकेको भए र सहयात्रीलाई विश्वासमा लिएर हि“डेको भए त्यस्तो स्थिति सिर्जना हुन सक्ने थिएन । उसको त्यस्ता गतिविधिकै परिणाम थियो माओवादी जनयुद्धको जन्म । यी सबै कुकर्मको परिणामस्वरूप ०६१ सालमा ज्ञानेन्द्रतन्त्रको समेत उदय हुन गयो । त्यसरी प्रजातन्त्र कमजोर बनाउनमा एमालेलगायतका प्रतिपक्षको केही भूमिका रहेको थियो भन्ने कुरालाई असत्य मान्न नसकिएला तापनि टाकटुक एक वर्षबाहेक सबै समय प्रधानमन्त्री भएको उसले नै सबैजसो दोषको भागी हुनुपर्छ भन्ने कुरा सही देखिन्छ ।
त्यसपछि पनि एमालेका विरोधमा उसले माओवादीलाई उचालिरह्यो र संसद् पुनःस्थापना भइसकेपछि गठित विधायिका संसद्मा उसलाई एमालेसरह उपस्थित गराउन गयो । त्यही कारणले पनि ऊ अति उत्साहित हुन गयो र ०६४ को संविधानसभाको निर्वाचनमा कांग्रेसभन्दा ठूलो पार्टी हुन गयो । त्यसरी उसले २÷४ पटक झापु खानुपरेको भए पनि ऊ अझै सचेत भएजस्तो देखि“दैन र त उसले धोखाधडीको आप्mनो जन्मजात विरासतलाई परित्याग गर्न
सकेको छैन ।
यतिबेला पनि उसले तर्साउनका निम्ति माओवादी कार्ड प्रयोग गर्न खोजिरहेको देखिएको छ । अब भने उसले के बुझ्न जरूरी देखिन्छ भने त्यस्ता सबै कार्ड पुराना भइसकेका छन् । यतिबेलासम्म आइपुग्दा भने ऊ अति नांगो र बदनाम भइसकेको हुनाले सभामुखमा एमालेका उम्मेदवारलाई मतदान नगरी सुखै नपाउने अवस्थामा पुग्न बाध्य भएको छ ।
विगतदेखि वर्तमानसम्मको नेपाल हेर्ने हो भने यहॉ ठूल्ठूला जनआन्दोलन, माओवादी जनयुद्ध, मधेस जनआन्दोलन जस्ता भिषण संघर्षहरू सम्पन्न भएका छन् । र, तिनले राणा, पञ्चायत र राजतन्त्र जस्ता जनविरोधी शासनहरू ढालेका पनि छन् । यस्तो हु“दा पनि जनताका नेता कोही पनि किन राष्ट्रपिता हुन सकेनन् ? यसको कारण खोज्न र निष्कर्षमा पुग्न अब ढिला भइसकेको छ । सात सालमा दिल्ली सम्झौता गरेर देश छाडेर भागेको राजालाई नफर्काएको भए र नेपाललाई गणतन्त्र घोषणा गरेको भए नेपालको राष्ट्रपिता विशेश्वरप्रसाद कोइराला हुन सक्थे, भारतका गान्धी जस्तो र ०४८ सालपछि सत्तासीन गिरिजाले सबै किसिमका स्वार्थको परित्याग गरी राष्ट्र निर्माणमा लागेको भए र देशलाई विकसित बनाएका भए गिरिजा नै राष्ट्रपिता हुन सक्थे लिक्वान यु जस्तो । तर, उनीहरूमा त्यो योग्यता देखिएन । ०१५ सालमा बीपीले र ०४८ सालमा जीपीले देश जस्तो बनाउन चाहना गर्थे त्यस्तै हुन्थ्यो र भयो पनि । उनीहरूले देशलाई विकसित र समृद्ध बनाउन होइन पछौटे, दरिद्र र पराभिमुखी बनाउन चाहेका थिए र जनतालाई भिखारी बनाउन चाहेका थिए । आखिर त्यस्तै भयो सबैतिर । त्यही भएर उनीहरूलाई राष्ट्रपिता होइन राष्ट्रघाती भनिरहे नेपाली जनताले सधैं । यो योग्यता मदन भण्डारीमा छ कि जस्तो देखा परेको थियो । त्यही कारणले उनको हत्या गरियो षड्यन्त्रपूर्ण दुर्घटनाको नाममा । ०६४ को संविधानसभाको निर्वाचनपछि पुष्पकमल दहालले पनि त्यो मौका नपाएका होइनन् । उनले निजी र पार्टीस्वार्थ त्यागी राष्ट्र निर्माणमा लागेर देशलाई र जनतालाई विकसित र समृद्ध बनाएको भए जनताद्वारा यो पगरी मिल्न सक्थ्यो, तर त्यस्ता महान् काममा लाग्नुको सट्टा प्रधानसेनापति बर्खास्त गर्नेजस्तो काममा समय खेर फाले उनले पनि । आखिर सबै भए ‘पुनः मुसी’ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply