निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
१४ फागुन, काठमाडौं । बाराको निजगढमा एक शंकास्पद वस्तु विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । विष्फोटमा परी घाइते भएका ६ जनामध्ये अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विष्फोट भएको थियो । तामा जस्तो देखिने वस्तु खोलेर काट्न लाग्दा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ । उक्त वस्तु काट्ने क्रममा भएको विष्फोटमा परी निधन भएका सो वर्कशपका सञ्चालक हुन् ।
मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताए । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply