राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
१४ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रिय सभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए ।
उनले हालसम्म गठबन्धन दलहरूका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमती नभएको स्पष्ट पारे । ‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रो हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रूपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन,’ उनले भने, ‘ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौं । सरकारमा पनि हुँदैनौं । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’
उनले नेपाली कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने पनि बताए । उनले कांग्रेस महासमिति बैठकमा जनयुद्ध लगायतका कतिपय विषयमा प्रश्न गरेका हुनाले त्यसमा आफूहरूको आपत्ति रहेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply