कार्ड बनाउने नाममा क¥याप्प
काठमाडौं । चारित्रिक हिसाबमा सधैं विवादमा पर्नु नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूका लागि नौलो होइन । शिक्षा संकाय पढाइ हुने राजधानीको ठूलो क्याम्पस महेन्द्ररत्नमा अध्ययनरत नेविसंघका एक नेता अहिले आफ्नो गलत कामका कारण महानगरीय प्रहरी वृत्त कालिमाटीको चिसो छि“डीमा ठि“गुरिन बाध्य भएका छन् ।
नेविसंघको एकाइ सभापतिसमेत रहेका बझाङका पाण्डव थापाले भर्खर बीएड पहिलो वर्षमा अध्ययनका लागि भर्ना भएकी गोकर्णतिर घर भएकी एक सोझी युवतीमाथि गिद्धे नजर लगाएपछि उनी बलात्कार मुद्दामा फस्ने भएका छन् । लामो समयदेखि क्याम्पसमा नियमित आउने ती युवती र पाण्डबबीच सामान्य हार्दिकता र हाइ–हेलोको सम्बन्ध थियो । चल्तापूर्ता विद्यार्थी नेताको हैसियतले पाण्डवलाई भेटिनासाथ उनले ‘नमस्ते दाइ’ समेत भन्थिन् । पाण्डव पनि ‘यहा“ सबै मान्छे बदमास छन्, अरूस“ग खासै ननजिकिनू, पर्दाखेरि सहयोग म गरिहाल्छु नि †’ भन्दै ती युवतीलाई अरूको संगतबाट अलग्याउन खोज्थे ।
युवती पनि प्रशासनिक काम जे पर्दा पनि उनै पाण्डवलाई गुहार्ने गर्थिन् । जब युवतीले आफ्नो परिचयपत्र हराएको भन्दै बनाइदिन पाण्डवलाई आग्रह गरिन्, उनले आइतबार क्याम्पस आउन भने । क्याम्पसमा प्रशासनिक काम सकेपछि नजिकैको होटलमा दुवैले स“गै बसेर चिया खाए । ती युवती ऐच्छिक गणित विषयकी विद्यार्थी रहिछन् । पाण्डवले किताव आफूस“ग भएकोले किन्न नपर्ने भन्दै तिनलाई दिने बताए र भने– ‘किताब मेरो कोठामा छ, लिनका लागि कालिमाटीसम्म हि“ड ।’ युवती पनि दाइ समान मानेको व्यक्तिको कोठामा गएर किताब लिएर आउ“दा के फरक पर्ला र भन्ठानेर पछि लागिन् । तर, कुरा त अर्कै रहेछ ।
पाण्डवले ‘कोठा यता हो’ भन्दै कालिमाटी तरकारी बजार पछाडिको एउटा घरमा पु¥याएछन् । खासमा त्यो उनको कोठा नभएर एउटा गेस्ट हाउस रहेछ । पाण्डवले गेस्ट हाउसको काउन्टरमा कुरा मिलाएर खाजा खाने भन्दै अण्डा चाउचाउ पनि बनाएर ल्याउन लगाएछन् । जब चाउचाउ खाइसकियो, उनले कोठाको ढोकामा चुकुल थुनेर युवतीलाई क¥याप्प पारेछन् । ‘त्यसपछि भागेर सकुशल फर्किए“’ भन्दै सोमबार क्याम्पस आएर घ्वा“ घ्वा“ रुन थालेपछि उनलाई स्ववियुका पदाधिकारी र अन्य विद्यार्थीले ‘के भयो ?’ भनेर घटना विरण सोध्दा माथिको कुरा खुलेको हो । युवतीले सबै घटना बताएपछि बलात्कारको प्रयास गर्ने पाण्डवविरुद्ध उजुरी दिने कुरा भयो । सोमबारै महानगरीय प्रहरी प्रभाग स्वयम्भूमा पाण्डवविरुद्ध लिखित उजुरी दर्ता गराएपछि डीएसपी डीएन ज्ञवालीले पाण्डवलाई पक्रन मान्छे पठाए ।
पक्रेर स्वयम्भू ल्याइमात्र पु¥याएका के थिए, क्याम्पसका स्ववियु पदाधिकारी, अन्य संघ–संगठनका प्रतिनिधि र स्वयम् ती युवतीका साथीहरू ‘माथिको दबाब’ भन्दै उनलाई छोड्नसक्ने आशंकाले प्रहरी चौकी घेर्न पुगे । व्यभिचार राखेर आफ्नै साथीलाई गिद्धेनजर लगाउने पाण्डवलाई कडा कारबाही हुनुपर्ने आशयले डीएसपी ज्ञवालीले सो मुद्दा कालिमाटीस्थित महिला सेलमा पठाइदिए । महिला सेलले दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा चलाएको छ । र, हिरासतमा राख्नका लागि हिजो म्यादसमेत थप गरिएको कालिमाटी वृत्तका डीएसपी यज्ञविनोद पोखरेलले बताए । यो घटनाले भर्खरै अध्ययनका लागि आएका विद्यार्थीहरू आफूले संगत गर्नुपर्ने मान्छेदेखि सतर्क हुनुपर्छ भन्ने पाठ सिकाएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply