त्यस्ता बाबुका यस्ता छोरा
काठमाडौं । ०४६ सालको जनआन्दोलनपछि सबैले स्वाभाविक अपेक्षा गरेका थिए– गणेशमान सिंह प्रधानमन्त्री हुन्छन् । तत्कालीन राजा वीरेन्द्रले पनि नारायणहिटीमा सबैका सामु प्रस्ताव गरे– ‘गणेशमानजी, तपाईंले जिम्मेवारी लिनुप¥योद्द ।’ तर, सिंहले उक्त जिम्मेवारी आफ्ना सहयोद्धा कृष्णप्रसाद भट्टराईलाई सुम्पिन आग्रह गरे । फलतः प्रधानमन्त्री नभए पनि नेपालमा आजपर्यन्त गणेशमान सिंहको प्रतिष्ठा कुनै भूूपू प्रधानमन्त्रीभन्दा कम छैन ।
तर, आज समय बदलिएको छ । प्रधानमन्त्री पाउ“दा त्याग गर्ने त्यस्ता बाबुको उत्तराधिकारी बनेर राजनीतिमा आएका छोरा प्रकाशमान सिंहले ‘मलाई त्यही केटी चाहिन्छ’ भन्ने उट्पट्याङ गीतकै शैलीमा ‘मलाई गृहमन्त्री नै चाहिन्छ’ भनेर कांग्रेस–एमालेबीचको सहकार्य नै धरापमा पारिदिएका छन् । संसदीय दलको नेता बन्दा सुशील कोइरालाले आफूलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउने वचन दिएको भन्दै सिंहले गृहमन्त्री नपाएमा शेरबहादुर देउवाको क्याम्पमा गएर कोइरालालाई संसदीय दलमा अल्पमतमा पारिदिने धम्की दिएका छन्, जसका कारण एमलोस“ग सहमति भइसकेको गृह मन्त्रालयको किचलो उब्जेको छ । स्रोतका अनुसार कांग्रेसको महामन्त्री भए पनि वार्ता–सम्वादको कला, कार्यकर्तास“ग भिज्ने–घुलमिल हुने शैली, भाषण गर्ने क्षमता जस्ता कुराले प्रकाशमान धेरै पछि छन् । त्यही भएर उनी न जिल्ला तहका कुनै ठूला कार्यक्रममा बोलाइन्छन् न त अरू दलहरूस“गको छलफल र वार्तामै सामेल गराइन्छन् । कांग्रेसका एक केन्द्रीय सदस्यले बुधबारस“ग भने– ‘विगतमा पनि पटक–पटक मन्त्री हु“दा उहा“को कुनै विशेष पर्फरमेन्स देखिएको थिएन । अहिले पनि उहा“ले गृह मन्त्रालय चलाउन सक्नुहुन्छ भन्ने विश्वास कसैलाई छैन । तर पनि, उहा“ले जिद्दी गरेका कारण समस्या बल्झिरहेको छ ।’
देउवाकहा“ जाने तयारी
सुशील कोइरालाले आफूले शपथ लिने दिनमै रामशरण महतस“गै
सिंहलाई पनि मन्त्रीको शपथ दिलाउन खोजेका थिए । तर, उनले गृह नपाएसम्म शपथ नलिने भन्दै अस्वीकार गरेपछि कोइराला अप्ठेरोमा पर्दै आएका छन् । साम, दाम, दण्ड र भेद प्रयोग गर्दा पनि देउवाभन्दा जम्मा १६ मत बढी ल्याएर दलको नेता निर्वाचित कोइरालालाई कतै आफू दलमा अल्पमतमा पर्छु कि भन्ने डर छ । र, गृह मन्त्रालय नपाएमा सिंहले देउवालाई साथ दिने खतरा पनि उत्तिकै छ । त्यही कारण देउवाले गृहमा अनावश्यक अडान लिएको अनुभव कोइराला निकटहरूले नै गरेका छन् । अहिले गृह एमालेलाई दिएर सहमतिमा जानुपर्छ भन्नेमा महामन्त्री सिटौलाका साथै रामशरण महत, मीनेन्द्र रिजाल, सुजाता कोइराला, पूर्णबहादुर खड्का, दीपकुमार उपाध्यायलगायतका नेताहरू छन् भने अरूको गोटीका रूपमा प्रयोग हुन रुचाउने उपसभापति रामचन्द्र पौडेलचाहि“ सहमति भा“ड्ने पक्षमा देखिएका छन् ।
सबका पछाडि एउटैको हात †
स्रोतका अनुुसार निर्वाचनपछि सिंहस“ग दक्षिणका दूतहरूको उठबस निकै बाक्लिएको छ । दक्षिणबाट आफूलाई भन्दा मनोनीत महामन्त्री कृष्णप्रसाद सिटौलालाई बढी महŒव दिइएकोमा रुष्ट रहेका सिंहलाई गृह मन्त्रालय दिलाएर देखाइदिने गरी निर्वाचनपछि दक्षिणका दूतहरूले सम्बन्ध नवीकरण गरेका थिए । यता, एमालेलाई गृह मन्त्रालय दिने सहमति गर्ने कृष्ण सिटौला, मीनेन्द्र रिजाल र अमरेशकुमार सिंहको ‘शक्ति’ का बारेमा त धेरै भनिरहनै परेन । कांग्रेसका एक नेताले टिप्पणी गरे– ‘अहिलेलाई यत्ति मात्रै भनौं, सबका पछाडि एउटै प्रभुको हात छ ।’
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply