एमाले महाधिवेशन सर्ने निश्चित
काठमाडौं । स्थायी समितिको बैठकबाट वैशाख ९ गतेका लागि प्रस्तावित एमालेका नवौं महाधिवेशन उक्त मितिमा नहुने निश्चित भएको छ । नया“ मितिका बारेमा १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने बताइएको छ ।
स्थायी समितिको गत आइतबार सिंहदरबारमा बसेको बैठकले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्दै अर्को मिति केन्द्रीय कमिटीको बैठकबाट तय गर्ने सहमति गरेको छ । दुई महिनाभन्दा पनि कम समयभित्र महाधिवेशन आयोजना गर्न नसकिने भन्दै अधिकांश नेताहरूले मिति सार्नुपर्ने राय राखेका थिए । तर, स्थायी समिति सदस्य केपी ओलीले भने जसरी पनि वैशाख ९ गते नै महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभएको थियो । ओलीको भनाइ थियो– ‘गत भदौमै महाधिवेशन गर्न सकिन्थ्यो, गरिएन । यसपटक पनि सार्नु हु“दैन । गर्न सकिन्छ, गर्नुपर्छ ।’ उहा“को भनाइप्रति उपाध्यक्ष विद्या भण्डारी र सचिव शंकर पोखरेलले सहमति जनाउनुभएको थियो ।
तर, उपाध्यक्ष वामदेव गौतमले भने कुनै पनि हालतमा वैशाख ९ गते महाधिवेशन आयोजना गर्न नसकिने धारणा राख्नुभएको थियो । उहा“को भनाइ थियो– ‘वैशाख ९ गते महाधिवेशन हुन सक्दैन । दुई महिनाभन्दा पनि कम समयमा कम्युनिस्ट पार्टीको महाधिवेशन कसरी हुन सक्छ र ? म सम्भव देख्दिन“ ।’ अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहनुभएका गौतमले खेतीपातीको बेला महाधिवेशन गर्न सकिने धारणा राख्नुभएको थियो । उहा“ले भन्नुभयो– ‘बरु साउन–भदौमा महाधिवेशन गर्न सकिन्छ । हाम्रा अधिकांश कार्यकर्ताले तल काम गर्दैनन् । उनीहरू जतिबेला भने पनि काठमाडौं आउ“छन् । वर्षाले केही गर्दैन ।’
स्थायी समितिबाट यसअघि प्रस्तावित व्यवस्थापन कमिटीका संयोजकसमेत रहनुभएका महासचिव ईश्वर पोखरेलले पनि व्यवस्थाकीय रूपमा समेत वैशाख ९ गते महाधिवेशन सम्भव नभएको धारणा बैठकमा राख्नुभएको थियो । उहा“को भनाइ थियो– ‘हतारपतारमा काम गरेर हु“दैन । तयारी नै गर्न सकि“दैन । भौतिक हिसाबले पनि दुई महिनामा महाधिवेशन सम्भव हु“दैन । एकदमै छिटो गर्दा पनि जेठभन्दा यता गर्न सकि“दैन ।’ मदन–आश्रित स्मृति दिवस पारेर जेठ ३ सम्ममा गर्न सकिने उहा“को धारणा थियो । महासचिव पोखरेलको भनाइलाई सचिव विष्णु पौडेलले पनि साथ दिनुभएको थियो । उहा“हरू दुवै जनाको एउटै धारणा थियो– ‘कांग्रेसस“ग सहमति भयो र वैशाख–जेठमा स्थानीय निकायको चुनाव हुने भयो भने हाम्रो महाधिवेशन स्वतः सर्छ । त्यसमा छलफल नै गर्नु पर्दैन ।’
बैठकमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले भने यस विषयमा केही पनि नबोलेको स्रोतले बतायो । एक नेताले बुधबारस“ग भने– ‘वैशाख ९ गते महाधिवेशन हु“दैन भन्ने कुरामा निष्कर्षमै पुगिएको छ । तर, अर्को मिति कहिले गर्ने भन्नेबारेमा केन्द्रीय कमिटीबाटै निर्णय गर्ने भनेर उठेका छौं । महाधिवेशन दुई–चार महिना सर्न सक्छ ।’ एमालेको केन्द्रीय कमिटीको बैठक यही १० र ११ गतेका लागि बोलाइएको छ । त्यसअघि नै सचिवालयले आवश्यक गृहकार्य गरेर स्थायी समितिका नेताहरूका बीचमा फेरि एक पटक छलफल गर्ने सहमति पनि बैठकमा भएको छ ।
माधव र वामदेवको एउटै स्वर
बैठकमा नेता केपी ओलीले कांग्रेसबाट धोका भयो भन्दै त्यसका विरुद्धमा केन्द्रित भएर जानुपर्ने धारणा राख्नुभएको थियो । तर, वरिष्ठ नेता नेपालले भने अहिले त्यस्तो धारणा राख्नु पार्टीका लागि आत्मघाती हुने विचार राख्नुभएको थियो । उहा“को भनाइ थियो– ‘बिग्रिने काम जति बिग्रिसकेको छ । अहिले चर्का कुरा गरेर अर्थ छैन । अहिले कांग्रेसका विरुद्ध चर्को कुरा गर्नुको अर्थ कांग्रेसलाई माओवादीसम्म पु¥याउनु हो । पहिला सभामुखको चुनाव गरौं, त्यसपछि मात्रै अरू कुरा गरौंला ।’ उहा“को कुराप्रति उपाध्यक्ष गौतमले समर्थन जनाउनुभएको थियो । उहा“को भनाइ थियो– ‘माधव कमरेडले ठीक भन्नुभयो । अहिले यसलाई नचर्काऔं, पहिला सुवासजीलाई सभामुख जिताऔं । त्यसपछि मात्रै बा“की कुरा गरौंला ।’ यसैको प्रभावस्वरूप एमालेले सबै दलसमक्ष आफ्ना उम्मेदवारलाई जिताउन अपिल गर्दै कांग्रेसस“ग पनि नरम भाषामा कुरा गरेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply