नयाँ सरकारसँग प्रवासीका अपेक्षा
सम्पादकज्यू,
संविधानसभा निर्वाचनपछि लामो समयको अन्योलतालाई चिर्दै स्वच्छ छविका रूपमा चिनिएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको एकल उम्मेदवारका रूपमा विजय हासिल गर्नुभएको थियो । नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को विस्तार गरेर आफ्नो मन्त्रिपरिषद्लाई समेत पूर्णता दिनुभएको छ । सम्पूर्ण गैरआवासीय नेपालीहरूको तर्फबाट प्रधानमन्त्री कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलगायत वर्तमान मन्त्रिपरिषद्मा चयन हुनुभएका सबै मन्त्रीहरु र राज्यमन्त्रीलाई हादिर्क बधाई दिन चाहन्छांै । साथै उहाँहरूको कार्यकालको पूर्ण सफलताको कामना पनि गर्दछांै । संविधानसभामा निर्वाचित विभिन्न राजनीतिक दलहरूका बीच सहमति जुटाउन र मुलुकमा सुशासन कायम गरी विकास निर्माणका कामहरू अघि बढाउनमा अहिले बनेको संयुक्त सरकारलाई पूर्ण सफलता मिलोस् भन्ने चाहन्छांै ।
अहिले जनताको मुख्य चाहना शान्ति सुरक्षाको प्रत्याभूति, अमनचयन र स्वच्छ, प्रभावकारी तथा भ्रष्टाचाररहित प्रशासनिक निकायहरू नै हुन् । जनताको अपेक्षालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छ । त्यस्तै, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति र गैरआवासीय नेपालीहरूले नेपालमा अब बन्ने संविधानको माध्यमबाट नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने प्रश्नलाई अहिले जोडदार ढंगले उठाइरहेका छन् । यस विषयमा सबै पक्ष सकारात्मक देखिएको अवस्था पनि छ ।
प्रधानमन्त्री कोइरालाको नेतृत्वको सरकारले देशबाहिर र भित्र छरिएर रहेका सबै नेपाली जनताका चाहना पूरा गर्नमा पूर्ण सफलता प्राप्त गरोस् र मुलुकमा आर्थिक र बौद्धिक लगानी भित्र्याई मुलुकको आर्थिक, सामाजिक समृद्धिका लागि सरकारसँग हातेमालो गर्दै अघि बढ्नका लागि गैरआवासीय नेपाली संघ सदैव तत्पर रहेको छ ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply