लालीगुराँस डुबाउँदै, सुरेन्द्र मोटाउँदै
काठमाडौं । एउटा सहकारी संस्थाको कार्यकारी–निर्देशकको तलब कति हुन सक्ला ? त्यस्तै ३० देखि ५० हजारसम्म अनुमान लगाउनुभयो भने गलत हुनेछ । तर, एउटा त्यस्तो सहकारी पनि नेपालमा छ, जसको कार्यकारी–निर्देशकको तलब र सुविधा ‘क’ वर्गको बैंकभन्दा पनि बढी छ ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाभित्रका अनियमितताहरू छताछुल्ल पोखिइरहेकै बेला उक्त संस्थाको कार्यकारी–निर्देशक तथा सचिव सुरेन्द्र भण्डारीको तलब र सुविधाहरू पत्ता लागेको छ । उनको तलब र सुविधा नेपालको ‘क’ वर्गको बैंक कृषि विकास बैंकको सीईओको भन्दा पनि बढी रहेको पाइएको छ । उक्त सहकारीबाट कार्यकारी–निर्देशक भण्डारीले अहिले मासिक ४ लाख तलब बुझ्ने गरेका छन्, जबकि कृषि विकास बैंकका सीईओले १ लाख ३० हजार मात्र तलब पाउँछन् । तलबबाहेक भण्डारीले संस्थाबाट गाडी, पेट्रोल खर्च, खाजा खर्च र बैठकलगायतका भत्ता लिने गरेका छन् । सबै जोड्दा उनले करिब ६ लाखजति हुन्छ । संस्था दुब्लाउने र व्यक्ति चाहिँ मोटाउने प्रवृत्ति नेपालका केही संस्थाहरूमा व्याप्त छ । त्यही लहरमा, उक्त सहकारी पनि पर्दछ ।
यसैबीच, लालीगुराँसभित्रका अनियमितताहरू अहिले धमाधम बाहिर आउन थालेका छन् । काठमाडौं, गोंगबु गाविस–३ की भगवती सापकोटाले आफूलाई उक्त सहकारी संस्थाले ठगी गरेको बताउँदै समस्याग्रस्त सहकारीहरूको छानबिन गर्न गठन गरिएको आयोगसमक्ष उजुरी दिएकी छन् । गोंगबुको पाँच आना जग्गामा बनेको आफ्नो घर उक्त सहकारीमा धितो राखी सापकोटाले पाँच वर्षअघि ४५ लाख रुपियाँ ऋण लिएकी थिइन् । तर, उक्त घर सहकारीले आफूलाई जानकारी नै नदिई बेचेको बताउँदै सापकोटाले उजुरी दिएकी हुन् । आफूले तिरेको ७ लाख ५० हजारको भर्पाइसमेत सहकारीले नदिएको पनि सापकोटाले बताएकी छन् ।
सहकारीले आफ्नो घर मित्र भण्डारी नामक व्यक्तिलाई बेचेपछि सापकोटाले अदालतमा उजुरी पनि हालेकी थिइन् । मित्र सुरेन्द्रका आफन्त भएको स्रोतको भनाइ छ । सापकोटाको उजुरीमाथि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ । अदालतले कुनै फैसला नगरे पनि सापकोटाले समस्याग्रस्त सहकारी छानबिन गर्न गठित गौरीबहादुर कार्कीको आयोगमा उजुरी दिएकाले उक्त सहकारी छानबिनको दायरामा आउने भएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply