महन्थलाई हरियो काँक्रो !
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई नेपाली राजनीतिमा एउटा दागरहित नेताका रुपमा लिने गरिन्छ । उनका समकालीन नेताहरुले सत्तामा पुगेपछि पद र औसरको दुरुपयोग गर्दै अकुत कमाएर बदनामीको बिल्ला भिरे पनि ठाकुरका सवालमा भने यो पक्ष लागू हुनसकेन । नेपाली कांग्रेसको झण्डा मुनिबाट राजनीति थालेर मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला मधेसवादी राजनीतिमा केन्द्रित ठाकुरले आफूलाई एक दागरहित नेताकै रुपमा उभ्याउँदै आइरहेका थिए ।
तर पछिल्ला दिनहरुमा ठाकुरको दागरहित अनुहार अछुतो भने रहन सकेन । उनका अनुहारमा कालो पोतिन थालेका छन् । जीवनको उत्तराद्र्धमा यसरी पोतो दलिनु सुखद् विषय होइन । अहिले दुईवटा घटनाक्रमले ठाकुर विवादमा तानिएका छन् । एउटा, भारतको उत्तर प्रदेशस्थित गाजियावाद जिल्लाको खोना मकानपुरमा नगर परिषद्को चुनाव लडी पराजित भएका केदारनन्दन चौधरीलाई समानुपातिकमा सभासद् बनाएर ठाकुरेले आफ्नै अनुहारमा कालो पोतेका छन् । उक्त सभासद्लाई बर्खास्त गर्नुपर्ने आवाज उठिरहे पनि ठाकुर भने कानमा तेल हालेर बसिरहेका छन् अहिलेसम्म ।
अर्को पनि सभासद्– प्रकरण नै हो । आफ्ना भावी सम्धिनी अर्थात् पूर्वमन्त्री उमाकान्त झाकी पत्नी इन्दिरा झालाई समानुपातिकमा पारेर ठाकुरेले अनुहारमा अर्को पोतो दलेका छन् । भावी सम्धिनीलाई सभासद् बनाए पनि आफ्नी छोरी र झाका छोराबीचको बिहे प्रसँगलाई गुपचुप राखिएको थियो । कुनै बेला, तराइमा कांग्रेसको भरपर्दो नेताका रुपमा स्थापित र पछिल्ला दिनहरुमा क्षेत्रीय राजनीतिमा खुम्चिन पुगेका ठाकुरले सभासद् चयनमा नातावाद, कृपावाद र पैसाका निम्ति जुन कदम चाले, त्यसले उनको छवि धमिल्याउने काम मात्र गरेको छ । ठाकुरको यस्तो कदमलाई ‘… बेलामा हरियो काँक्रो’ भन्न उचित होला कि †
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply