वाहियात क्रिकेट !
यतिबेला सिंगो देश क्रिकेटको माहोलले तात्तिएको छ । बंगलादेशमा चलिरहेको टी–२० विश्वकपमा नेपाली खेलाडीहरूले पाएको सफलताप्रति पूरै देश झुमेको छ । र, नेपाली खेलाडीहरूको राम्रो प्रदर्शन र सफलताप्रति राष्ट्र नै गौरवान्वित भएको स्थिति हो अहिले ।
तर, नेकपा–माओवादीका नेता सीपी गजुरेललाई भने क्रिकेटप्रति के झोंक चलेछ कि कुन्नि † उनले हाकाहाकी क्रिकेटबारे विशिष्ट टिप्पणी गरिहाले । क्रिकेटमा नेपालले बटुलेको सफलता देख्दा मन भरंग भएर नै हुनुपर्छ, नेता गजुरेलले ठाडै भने–‘क्रिकेट खेल्ने खेलाडीले धेरै पुरस्कार त पाउलान् । एक जनालाई पाँच लाख दिने भनेर यही सरकारले पनि घोषणा गर्यो । त्यसरी पैसा त ओइरेला । यहाँका उद्योगपतिले अझ धेरै देलान् । यहाँ कालो धन जम्मा गर्नेहरूले प्रतिस्पर्धा पनि गर्लान् । तर, नेपालको अनुहारचाहिँ फेरिँदैन । नेपालको परिवर्तन राजनीतिले नै गर्छ । अरू चिजले गर्दैन । क्रिकेटले, फुटबलले, भलिबलले गर्दैन ।’
गजुरेलको महान् वाणी धेरै नै मननयोग्य छ । उनको वाणी पृथ्वीनारायण शाहको दिव्योपदेशभन्दा पनि कता हो कता उत्कृष्ट छ । उनको यो वाणीलाई अबदेखि हरेक सरकारी निकायहरूमा टाँस्नुपर्छ । यस्तो महान् वाणी कि त पृथ्वीनारायणले नै बोलेका थिए, कि त अहिले हाम्रा महान् नेता गजुरेलले नै बोल्न पुगे । उनको भनाइलाई जोकोहीले नि:सर्त रूपमा समर्थन गर्नुपर्छ ।
हुन पनि हो, क्रिकेटले कहाँ र कसरी परिवर्तन गर्छ र गरेको छ अहिलेसम्म ? क्रिकेटजस्तो वाहियात कुरा खेल्ने पनि होइन । परिवर्तन त राजनीतिले नै गर्छ । राजनीतिमा जति उत्कृष्ट ब्याटिङ र बलिङ कहाँ क्रिकेटमा हुन्छ र ? वाहियात कुरा † तसर्थ, राज्यले अबदेखि खेलमा होइन, राजनीतिमा लगानी गर्नुपर्छ । खेलाडीहरूलाई दिएको जनही पाँच लाख रुपियाँ पनि सरकारले तुरुन्त फिर्ता लिनुपर्छ । र, सबै नेपाली जनताले गजुरेल वाणीलाई मनन गर्दै क्रिकेटको विरोधमा उत्रिनु पर्दछ । योभन्दा अर्को विकल्प छैन अहिले ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply