२६ चैत्र २०७०, बुधबार ०८:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रचण्डलाई जनसंगीत सम्मान
काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको घटक संगठन राष्ट्रिय जनसंगीत मञ्च, नेपालबाट प्रचण्डबहादुर बुढाथोकी सम्मानित भएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘शुभकामना साँझ’मा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उनलाई सम्मान गरेका थिए ।
नवलपरासीका बुढाथोकीले ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’जस्ता सयौं जनगीतहरूको संकलन गरेका छन् । उनी ‘रेलिमाई सांस्कृतिक समूह’का संस्थापक मध्येका एक हुन् । उनका करिब एक दर्जन गीत तथा कविता प्रकाशित छन् ।
प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रित, प्रदीप ज्ञवाली, प्रदीप नेपाल, वाचस्पति देवकोटालगायतका नेता तथा साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रममा जनवादी कलाकारहरूले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply