नक्कली नरहरि
धेरैले नरहरि आचार्यलाई बौद्धिक, भद्र र सामान्य जीवनशैली अपनाउने नेताका रूपमा चिन्छन् । उनले अहिलेसम्म बनाएको छवि नै यही हो । तर, उनले जुन छवि निर्माण गरेका थिए, त्यो नितान्त नक्कली, ढोंगी र कपटपूर्ण रहेको रहस्य उद्घाटित भएको छ ।
वर्तमान सरकारमा कानुन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका आचार्यले अहिले दुई वटा महान् गल्ती गरेर आफ्नो छविलाई धूमिल मात्र तुल्याएनन्, पदीय हैसियतको दुरुपयोग गरेको आरोपसमेत झेल्नुपरिरहेको छ । कानुनमन्त्रीको हैसियतले न्यायपरिषद्को सदस्य रहेका आचार्यले सुझबुझको सहारा लिएका भए भ्रष्ट छवि भएका न्यायाधीश पुनरावेदनको न्यायाधीशमा सिफारिस हुने थिएनन् । तर, भ्रष्ट छवि भएका न्यायाधीशलाई काखमा राख्ने र वरिष्ठ एवम् इमानदार न्यायाधीशलाई पाखा लगाउने उद्देश्यले सिफारिस गरिएपछि अहिले सिंगो न्यायपरिषद् नै विवादको भुमरीमा फसेको छ । र, आचार्य पनि अहिले आफ्नो बचाउमा तीव्र रूपले लागेका छन् ।
आचार्यले कुन मोह वा बाध्यतामा परेर भ्रष्ट न्यायाधीशलाई सिफारिस गरी न्यायपरिषद्लाई नै बिटुलो तुल्याउने कार्य गरे ? यो बुझिनसक्नुको रहस्य सावित भएको छ । त्यस्तै, कानुनमन्त्री भएपछि आचार्यले माओवादीलाई सहज हुने एउटा कार्य गरेर अर्को गल्ती गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन पारित गर्ने क्रममा उनले माओवादीलाई अधिक गुन लगाउने चेष्टा गरेका छन् ।
बाह्य रूपमा राम्रा छवि बनाएका व्यक्तिहरू सत्तामा पुगेपछि कति घिनलाग्दा कार्य गर्न राजी हुँदा रहेछन् र उनीहरूको नक्कली चरित्र कसरी उदांगो हुनपुग्दो रहेछ भन्ने एउटा विशिष्ट उदाहरण अहिले मन्त्री आचार्यको सवालमा हुबहु लागू भएको छ । कुनै बेला, कांग्रेसले संवैधानिक राजतन्त्रको बाटोबाट विचलित नहुने संकल्प लिइरहेका बेला गणतन्त्रको नारा उराल्ने आचार्यजस्ता व्यक्तिको नक्कली स्वरूप बेलैमा उदांगिएको नै राम्रो हो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply