मासु–भात खाँदै माधवलाई सत्तोसराप
काठमाडौं । एमालेका कोसी अञ्चल संयोजक राजेन्द्र गौतमले गत शनिबार ‘कोसीको पार्टी कामका बारेमा छलफल गर्नुछ’ भनेर काठमाडौंमा बस्ने कार्यकर्तालाई तीनकुनेस्थित एभरेस्ट पार्टी प्यालेसमा बोलाएका थिए । महाधिवेशनको मुखमा पार्टीका विषयमा छलफल होला भनेर त्यहाँ पुगेका कार्यकर्ता त्यतिबेला छक्क परे, जब त्यो त पार्टीकै नेताहरूको बदख्वाइँ गर्न आयोजना गरिएको गुटको भेला रहेछ †
पार्टीकै कमिटी, नाम र पदीय हैसियतमा बोलाइएको भेलामा एक–एक गरी गुटका नेता प्रवेश गरेपछि बल्ल भेलाको औचित्यका बारेमा थाहा भएको थियो । एक सहभागीले दिएको जानकारी अनुसार, भेलामा बिरामी नेता केपी ओलीलाई अध्यक्ष बनाउने अभियानमा लागेकी उपाध्यक्ष विद्या भण्डारी प्रमुख अतिथि थिइन् । उनले स्वाभाविक रूपमा माधव नेपालले १५ वर्षसम्म पार्टी चलाएकाले अब पालो पुग्यो र ओलीको पालो आयो भन्ने नै भइन् । तर, कार्यकर्ताबीच आफूले चाहिँ १६ वर्षसम्म अनेमसंघको नेतृत्व छोड्नु नपर्ने अनि अरूलाई पाठ सिकाउने भनेर खासखुस चलेको थियो । गत महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गरेबापत ईश्वर पोखरेलहरूद्वारा पेलिएर करिब–करिब भूमिकाविहीन जस्तै बसेका नेता प्रदीप नेपालले विगतमा आफैंले खुलामञ्चबाट एक नम्बर भ्रष्टाचारी घोषणा गरेका नेता वामदेव गौतम पहिलादेखि नै जनताको बहुदलीय जनवादका पक्षधर रहेको चर्चा गरेका थिए । आफ्नो कुरा राख्ने, कार्यकर्तालाई सम्झाउने र दस्तावेज मस्यौदा कमिटीबाट अस्वीकृत भइसकेको सामान्तवाद जीवित छ भन्ने विचारका पक्षमा थप कुरा गर्ने अवस्था नभएपछि त्यहाँ एकतर्फी रूपमा माधव नेपालको विरोध गरिएको थियो । पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले भने शिष्ट भाषामा आफ्ना कुरा राखेका थिए । भेलामा बोल्ने केही नेताले ‘यहाँ केपी ओली कहिले मर्ला र नेतृत्वमा जाऔंला भनेर धुप धुँवार गर्नेहरू छन््’ भन्दै कार्यकर्तालाई उत्तेजित बनाउन खोजेका थिए ।
करिब साढे दुई घन्टा चलेको कार्यक्रममा सहभागीहरूलाई खानपिनको पनि राम्रै व्यवस्था थियो । १ सय २५ जना कार्यकर्ता सहभागी कार्यक्रमपछि मासु–भातको राम्रो व्यवस्था थियो । वैकल्पिक केन्द्रीय सदस्य शेरधन राईले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यकर्तालाई प्रश्न गर्नमा भने बन्देज लगाइएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply