पचास नाघेपछि कुरकुरे बैंस
नेपाली चलचित्र जगत्का एक ‘अग्ला हिरो’ राजेश हमाल चाँडै नै झ्याइँकुटी पार्ने तरखरमा छन् । अहिले जहाँ पुगे पनि उनी आफ्नो बिहेको चर्चा गर्न चुक्दैनन् र आफूलाई बधाई दिन आग्रहसमेत गर्न थालेका छन् । यस्तो लाग्छ, उनी अब चाहिँ पक्कैको बिहे गर्दैछन् ।
कोही कसैले विवाह गर्नु एउटा सामान्य परिघटना हो । तर, हिरो हमालको बिहेको चर्चा/परिचर्चाले भने करिब दुई दशकदेखि नै स्थान पाइरहेको थियो । जति–जति उनको उमेर ढल्किँदै जान्थ्यो, त्यति–त्यति मिडियाहरूले उनको बिहेमा चासो र चिन्ता दुवै राख्थे । कुनै बेला, नेपाली फिल्ममा एकछत्र छाएका र दमदार हिरोका रूपमा चिनिएका हमालको ढल्किँदो उमेरसँगै बिहेको कुरा उठ्नु र सेलाउनु स्वाभाविकै हुन्थ्यो ।
तर, उमेरले क्रमश: बुढ्यौलीका दिनहरू ताक्दै जान लागेका बेला हमालमा भने कुरकुरे बैंस फर्किएको छ र झयाइँकुटी पार्ने तयारीमा जुटेका छन् उनी । अरूहरूले बैंसमा नै ‘डोली’ चढ्ने औसर पाए पनि हमाल भने उमेरले आधा दशक नाघेपछि शुभकार्यमा लागेका छन्, बल्ल । आखिर, बलिउडका हिरो सलमान खानले पनि त अहिलेसम्म बिहे गरेका छैनन् र चाँडै नै बिहे गर्न लागेको बताइरहेका छन् । पचास हाराहारीका खानले बिहे गर्न खोज्दैछन् भने हाम्रा हमालले ढल्किँदो उमेरमा घरजम गर्नु कुन अनौठो कुरा भयो र ?
हुन त, ढल्किँदो उमेरमै अभिनेत्री मिथिला शर्मा सिउँदो रंगाउने तयारीमा लागेकी छन् भने हमालले पनि कुनै सुकुमार युवतीको सिउँदो रंगाएर नयाँ जीवनको अनुभूति बटुल्ने चाह राख्नुलाई त्यति आश्चर्य मान्नु पर्दैन । चढ्दो उमेरमा कुरकुरे बैंस पलाएकोमा नायक हमाललाई बधाई दिनु उचित होला, यतिखेर ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply