अब गल्ती नहोस्
‘बुधबार’ साप्ताहिकको नियमित पाठकको हैसियतले कहिलेकाहीँ सो पत्रिकामा केही गल्ती देखिँदा मलाई खिन्न तुल्याउँछ । गतांकमा पनि त्यस्तै केही गल्ती देखियो, जुन ‘बुधबार’ जस्तो पत्रिकाका निम्ति सोभनीय कुरा थिएन ।
१. ‘परराष्ट्रमा अन्जानको चर्चा’ समाचारमा गायिका अञ्जान शाक्यले गाएको गीतको हरफ नै फरक परेको पाइयो । उनले गाएको गीतको बोल ‘यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा …’ हो । कुनै समय उक्त गीत निकै नै चर्चित थियो । तर, समाचारमा अञ्जानले गाएको भन्दै सुप्रसिद्ध गायक भक्तराज आचार्यको स्वर रहेको ‘जहाँ छन् बुद्धका आँखा …’ परेको पाइयो ।
२. सोही अंकको अर्को समाचार ‘शंकर र घनश्यामबीच टक्कर’मा पनि एमाले सचिव शंकर पोखरेलको राजनीतिक सुरुआतबारे मिति नै गलत परेको पाइयो । समाचारमा लेखिएको छ– ‘०४७ पार्टीले काठमाडौं बोलाएर पोखरेललाई अखिलको बाग्मती अञ्चल कमिटीमा कामको जिम्मा दिएको थियो ।’ तर, ०४३ सालमै बोलाएर जिम्मेवारी दिएको हो ।
मलाई लाग्छ, आगामी अंकहरूमा यस्ता सानातिना गल्तीबाट ‘बुधबार’ साप्ताहिक जोगिनेछ र पाठकहरूको सद्भाव बटुल्न सक्षम हुनेछ ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply