‘टिष्टुङ दर्पण’ विमोचित
मकवानपुर । मकवानपुर जनजातीय अध्ययन समूहले ऐतिहासिक उपत्यका टिष्टुङको सम्पदा, संस्कृति र परम्परालाई लिपिबद्ध गर्दै ‘टिष्टुङ दर्पण’ स्मारिका प्रकाशित गरेको छ । टिष्टुङमा चल्दै आएको ३ वर्षे मल्लकालीन जात्राको अवसर पारेर गएको आइतबार सो स्मारिका विमोचन गरिएको हो ।
बज्रबाराही गाविसका सचिव राजकुमार सुवेदी, नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य महेश्वर सुवेदी, पत्रकार शन्तराम बिडारी र समूहका अध्यक्ष मीना महर्जन बिडारीले सो स्मारिकाको बज्रबाराहीमा आयोजित भव्य कार्यक्रममा बीच संयुक्त रूपमा लोकापर्ण गर्नुभएको हो ।
लिच्छवीकालीन बस्ती रहेको सो भेगको ऐतीहासिक विशेषता समेटेको स्मारिका प्रकाशनले टिष्टुङको बारेमा थप तथ्यहरू उजागर भएको कार्यक्रममा सहभागीको भनाइ थियो । स्मारिकाको सम्पादन एकाराम सिंहले गरेका हुन् भने संयोजन प्रमोद जोशीले गरेका हुन् । कार्यक्रममा स्मारिकाका संयोजक प्रमोद जोशी, सुनौला मावि कुन्छालका प्रधानाध्यापक रूपचन्द्र गोपाली, संस्थाका अध्यक्ष महर्जनलगायतले सबैको सहयोग भएमा आगामी दिनमा टिष्टुङको बारेमा थप अध्ययन, अनुसन्धान गर्ने प्रतिवद्धता जनाए ।
स्मारिकामा टिष्टुङ भेगको बारेमा अध्ययन गरिरहेका अध्येता एकाराम सिंह, सह प्राध्यापक डा. चुन्दा बज्राचार्यलगायतको खोजमूलक लेख रचना समावेश गरिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply