मोदीलाई निम्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथ ग्रहणमा भाग लिन दिल्ली पुग्नुभएका प्रधानमन्त्री सुशील कोइरालाले उहाँलाई नेपाल भ्रमणका लागि निम्ता गर्नुभएको छ । जवाफमा मोदीले कूटनीतिक संयन्त्रबाट समय मिलाएर नेपाल भ्रमण गर्ने बचन दिनुभएको छ ।
नेपालका नेताहरू प्रधानमन्त्री हुँदा सुरुमै भारत जाने गरे पनि विगतमा १० वर्षसम्म प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालमा पाइला टेक्नुभएन । यही कुरालाई आधार बनाएर प्रधानमन्त्री कोइरालाले मोदीलाई पहिलो विदेश भ्रमण नेपालबाट गर्न विशेष अनुरोध गरेको थाहा भएको छ । स्रोतका अनुसार, हिन्दू धर्मप्रति आस्थावान मोदी पशुपतिनाथको दर्शनसमेत हुने भएकाले नेपाल भ्रमणमा छिट्टै आउन सक्ने सम्भावना छ ।
सोमबार साँझ भारतको राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहणमा सार्कका बाँकी सातमध्ये छ राष्ट्रका राष्ट्र वा सरकार प्रमुखले भाग लिएका थिए । त्यसमा भाग लिन कोइराला आइतबार त्यसतर्फ लाग्नुभएको थियो । भारतमा उहाँले निवर्तमान प्रधानमन्त्री डा. सिंहका साथै भाजपा अध्यक्ष राजनाथ सिंह, कांग्रेसका अध्यक्ष सोनिया गान्धीलगायतसँग शिष्टाचार भेट गर्नुभएको थियो ।
सरकारी तवरबाट मुलुकको प्रतिनिधित्व गरेर भारत जानुभएका कोइरालाले भतिजा शेखर र भतिजी सुजातालाई पनि साथमा लिएर लबिङ गर्न लगाउनुलाई भने स्वाभाविक मानिएको छैन । एक मन्त्रीले बुधबारसँग भने– ‘उहाँको प्रतिनिधिमण्डल हेर्दा संयुक्त सरकारको जस्तो नभएर कांग्रेस पार्टीको जस्तो मात्रै भयो ।’ स्मरण रहोस्, प्रतिनिधिमण्डलमा सरकारमा सहभागी दल एमालेका तर्फबाट कोही पनि समावेश थिएनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply