कहीं नभएको जात्रा राप्रपामा
‘कहीं नभएको जात्रा, हाडीगाउँमा’ भनिन्थ्यो । तर, अहिले हाडीगाउँमा होइन, हाडीगाउँ नजिकैको चाबहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा कहीं नभएको जात्रा देखिएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपाभित्रका दुई शीर्ष हस्तीहरूबीचको लडाइँले अहिले जात्रामय स्थिति उत्पन्न भएको हो ।
राप्रपाभित्र अत्यन्तै भद्र, सालिन नेताका रूपमा परिचित पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एकाएक आफूलाई अध्यक्ष घोषणा गरी अध्यक्षको पदभार ग्रहण गरेपछि नौलो तरंग छाएको छ । दिनेहरूले त, चन्दको कदमलाई पार्टी कब्जाको संज्ञासमेत दिएका छन् । हुन पनि, कुनै बैठक, भेला वा कुनै प्रक्रिया नै पूरा नगरी चन्दले आफूलाई अध्यक्ष घोषणा गरी, पार्टी कार्यालयमा नेमप्लेट झुन्ड्याएर अध्यक्षको कुर्सीमा आसीन हुन पुगेका छन् ।
सूर्यबहादुर थापाले अध्यक्षबाट आफू बाहिरिने बताए पनि आधिकारिक रूपमा बाहिरिइसकेका छैनन् । जेठ १८ गतेपछि आफू अध्यक्षमा नरहने थापाले बताएका थिए । त्यही भएर नै होला, १८ गतेको साँझसम्म पनि थापाले कुर्सी छाड्ने संकेत नदेखाएपछि चन्दले आफूलाई अध्यक्ष घोषणा गरी पदभारसमेत ग्रहण गरे । चन्दको अग्रगामी कदमलाई मान्नैपर्छ ।
हुन त, यी दुई पूर्वपञ्चहरूबीचको लडाइँ पञ्चायतकालीन समयदेखि नै जारी छ । कहिले थापा र कहिले चन्दले सत्ता र शक्तिको लडाइँमा एकले अर्काेलाई पछार्दै आइरहेका हुन् । कहिले सासूको पालो र कहिले बुहारीको पालोजस्तै भएको थियो । यो क्रम बहुदल आएपछि पनि यथावत् रह्यो र झन् गणतन्त्र आएपछि त चुलिने अवस्थामा नै पुग्यो । तर, अहिले राप्रपाभित्र जुन लफडा उत्पन्न भएको छ, यसलाई दुई हस्तीबीचको नाकको लडाइँको रूपमा अथ्र्याउँदा उचित होला । किनकि, दुवै उच्चकोटीका नाकवाला न परे †
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply