बामदेवलाई बोल्न प्रतिबन्ध !

जेठ २२, काठमाडौं । राजनीतिक र बैचारिक कुराभन्दा दुई–चार जना कार्यकर्ता देख्नासाथ माधव नेपालको विरोध गर्ने एकसूत्रीय अभियानमा लागेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई केपी ओली समूहले बोल्न प्रतिबन्ध लगाएको छ । उनले जति बोले त्यति नै घाटा भइरहेको निष्कर्षसहित सोमबारदेखि उनलाई सार्वजनिक रुपमा बोल्नमा रोक लगाइएको छ ।
स्रोतका अनुसार, त्यही भएर गौतम मंगलबार महेन्द्रनगरमा आयोजित गुटको भेलामा जाने कार्यक्रम अन्तिम चरणमा रद्द भएको थियो । गौतम जाने भनेर निकै तामझामका साथ प्रचार गरिएको थियो । कञ्चनपुर जिल्ला कमिटी, महेन्द्रनगर नगर कमिटीलगायतले गुटको भेलामा गौतम आउने भन्दै रकम उठाएकोमा पार्टीको ध्यानाकर्षण भएको भन्दै वक्तव्य नै निकालेर सबैलाई सचेत गराएका थिए ।
कुनै बेला केपी ओलीलाई सीधै दक्षिणपन्थी र राजावादी भनेर आरोप लगाउने गौतमले एमाले संसदीय दलको चुनावको बेला ओलीले अध्यक्ष जितेमा पहिला संसदीय दलको नेता र दुई वर्षपछि पार्टी अध्यक्ष पाउने उधारो सहमति भएपछि अराजनीतिक रुपमा माधव नेपालको विरोध र ओलीको समर्थन गरिरहेका छन् । सिद्धान्तका मामिलामा ओली समूहसँग कुरा नमिले पनि नेता ओलीलाई बनाउनुपर्ने उनको अराजनीतिक अडानपछि उनीसँगै रहेका नेता–कार्यकर्ताले पनि उनलाई साथ छोडेका छन् । अहिले गौतमले चर्को रुपमा पार्टीमा धाँजा फाट्ने गरी बरिष्ठ नेता नेपालमाथि गालीगलौज गर्दै आएका छन् ।
One response to “बामदेवलाई बोल्न प्रतिबन्ध !”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
ढिलाई भए पनि राम्रो निर्णय गरेको मा राम्रो लाग्यो, यहा बामदेव जस्ता नेता हामीलाई पुगिसक्यो, मोदी जस्तो नेता खोजीमा छौ.