माधव देश दौडाहामा, केपी घरमा
काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पार्टीको आगामी दिशा, कार्यभार र कार्ययोजनासहितको विचार लिएर देश दौडाहामा हुनुहुन्छ भने अर्का प्रत्यासी केपी ओली घरमै आराम गरेर बसिरहनुभएको छ । उपचारको क्रममा थाइल्यान्डको एक महिना लामो बसाइपछि गत मंगलबार स्वदेश फर्किनुभएका ओली सोमबार भृकुटीमण्डपमा आयोजित गुटको भेलामा सहभागी हुनुभएको थियो ।
संसदीय दलको नेता निर्वाचित भएयता बिरामी भएकै कारण ओलीले चार महिनामा एक पटक पनि संसदीय दलको बैठकको अध्यक्षता गर्न सक्नुभएको छैन भने तीन महिनायता संविधानसभा तथा व्यवस्थापिका–संसद्का बैठकमा समेत जान सक्नुभएको छैन । त्यो त परको कुरा जारी केन्द्रीय कमिटी बैठकमा पनि उहाँ जानुभएको छैन । चिकित्सकको सल्लाहमा पछिल्लो पटक आफ्नो स्वास्थ्यप्रति विशेष चनाखो बन्नुभएका ओलीलाई सोमबारको कार्यक्रमा लैजाँदा पनि कार्यक्रमस्थलमा किटनाशक औषधि प्रयोग गरिएको थियो ।
यता, नेपाल भने महाधिवेशनका सन्दर्भमा भेटघाट, छलफल, भेलालाई सम्बोधन जस्ता काममा व्यस्त हुनुहुन्छ । उहाँले पार्टीका बैठक, संविधानसभा तथा व्यवस्थापिका–संसद् र तिनका समितिहरूको बैठकसमेत भ्याइरहनुभएको छ । ओली स्वेदेश फर्केयता एउटा मात्र कार्यक्रममा सहभागी भए पनि नेपालले दर्जनौं कार्यक्रम भ्याइसक्नुभएको छ । गत बुधबारदेखि यताको नेता नेपालको कार्यक्रमको तालिका हेर्दा त्यस बिहान उहाँ पार्टीका नेताहरूसँगको भेटघाटमा व्यस्त हुनुहुन्थ्यो भने दिउँसो साढे १ बजे नारायणी पत्रकार समाजले आयोजन गरेको भेटघाट र साढे तीन बजे मधेसी महिलाहरूसँको भेटघाटमा हुनुहुन्थ्यो । बिहीबार बिहान साढे आठ बजे स्थानीय निकायसम्बन्धी कार्यक्रममा सहभागी उहाँ साढे ९ मा विश्व वातावरण दिवसको कार्यक्रम, १ बजे पेसागतको टोलीसँगको भेटघाट र ३ देखि ५ बजेसम्म बाग्मतीसँग विशेष भेटघाटमा हुनुहुन्थ्यो । शुक्रबार विराटनगर पुग्नुभएका नेता नेपाल त्यसदिन इटहरीमा आयोजित पूर्वाञ्चल भेला र धरानमा आयोजित पूर्वका पहाडी जिल्लाका अगुवा कार्यकर्तासँगको भेटघाटमा सहभागी हुनुहुन्थ्यो । शनिबार सुनसरी जिल्ला पार्टी कार्यालयमा सुनसरी र मोरङ जिल्ला पार्टी कार्यालयमा मोरङका कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो ।
आइतबार बिहान संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठक र तीन राजनीतिक दलको बैठकमा सहभागी उहाँ त्यसपछि आन्तरिक भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । सोमबार बिहान आफू नेतृत्वको विचार समूहको पुस्तक लोकार्पण सकेर उहाँ गण्डकी र धौलागिरिको भेलामा भाग लिन पोखरा पुग्नुभएको थियो । त्यसदिन पोखरामै बसेर हिजो काठमाडौं आउनुभएका उहाँ बिहान केन्द्रीय कमिटीको बैठक र दिउँसो पुष्पलाल स्मृति प्रतिष्ठानको बैठक र महिला भेलामा सहभागी हुनुहुन्थ्यो । आज उहाँ राप्ती अञ्चलस्तरीय भेलामा भाग लिन दाङ जाने कार्यक्रम छ । उहाँका स्वकीय सचिव मोहन गौतमले भने– ‘असार ४ गतेसम्मको कार्यक्रमको तालिका बनिसकेको छ, अब त्यसपछिको कार्यतालिका बन्छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply