गुठीमा सुबेदीको रजाइँ
काठमाडौं । भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना एमालेका अन्य मन्त्रीहरूको तुलनामा केही हदसम्म स्वच्छ छविका रूपमा चिनिन्छन् । उनी स्वयम् ‘म ब्रिटिस लाहुरेको छोरा हुँ, मलाई एक पैसा चाहिँदैन’ भन्दै ठूला कुरा त गर्छन् तर उनकै मन्त्रालयले यस्ता कर्मचारी पालेर बसेको छ, जसको नाम उच्चारण गर्दा मात्र पनि मन्त्री रानाको साखमाथि नै प्रश्नचिह्न उठ्ने गरेको छ ।
भूमिसुधार मन्त्रालयअन्तर्गतको गुठी संस्थानमा सहप्रशासक रहेका हेमराज सुबेदी संस्थानको सम्पति डुवाएर आफूले कमाउनेमध्येका एक हुन् । कानुनको समेत ज्ञाता रहेका उनले केही वर्षअघि गोकर्ण गदाघर पालेखान्ची गुठीको गोकर्ण मन्दिर छेउको ३८ रोपनी जग्गामा विभिन्न तरिकाले चलखेल गरेर संस्थानलाई डुबाएनन् मात्र, आफूले करोडौंसमेत कमाए । कमाउने तौरतरिका राम्रैसँग जानेका उनले सुरुमा आफंैले सो जग्गा मोहियानी नामसारी गर्न माग गर्दै विभिन्न आठ जनालाई उकासेर निवेदन हाल्न लगाए । गुठी संरक्षण ऐनको दफा २७ को प्रतिबन्धात्मक वाक्यांशमा ‘गुठी काम गरेबापत जग्गा भोग चलन गर्ने व्यक्तिले मोहियानी हक पाउँदैन, त्यस्तो जग्गा गुठी तहीनाथी जग्गा हो भनेर लेखेको छ ।’ यो प्रावधानले गुठीको जग्गा बाँचुन्जेल कमाइखान पाउने भए पनि व्यक्तिका नामा नामसारी हँुदैन ।
यो निवेदनलाई संस्थानले दाबी नपुग्ने भनेर खारेज पनि गर्यो तर सँगसँगै चित्त नबुझे अदालत जानु भनेर पनि लेखेर दियो । जुन लेख्ने काम उनै सुवेदीले गरेका थिए । मैतीदेवीमा माझघर कानुनी सेवा पनि चलाएका उनकै अगुवाइमा फेरि निवेदकहरूले सर्वोच्चमा निवेदन दिए । त्यसबेला संस्थानका प्रशासक सेमन्तराज चापागाईं थिए । उनी प्रशासक बन्नु दुई वर्ष अघिसम्म संस्थानमा अधिकृतको जागिरका लागि रोइकराइ गरिरहेका थिए । तर, कांग्रेसका रामजनम चौधरी मन्त्री बन्नासाथ उनले प्रशासक पड्काएका थिए । उनीसमेतको मिलेमतोमा यस मुद्दाका बारेमा त्यहाँ कानुनी फाँट हेर्न राखिएका अरू चार जनालाई पत्तोसमेत नदिई कच्चा बहस गरेर संस्थानलाई हराइयो र जग्गा निवेदकहरूको नामा नामसारी भयो ।
अहिले पनि संस्थानमा सोझो मन्त्रीलाई फस्ल्याङफस्लुङ पारेर यिनै सुबेदीले हालीमुहाली चलाइरहेको संस्थान स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply