रोगी राजनेताले गरेका राष्ट्रघात
शरदप्रसाद यादव
राजनीति विशिष्ट रसायनले बनेको हुन्छ । यो झूट र बेइमानीसँग अतिशीघ्र घुलनशील एवम् सत्य, निष्ठा र इमानदारीसँग अति विकर्षित स्वभावको हुन्छ । झूटको अत्यधिक मिलावटले राजनीतिको सिमेन्टलाई कमजोर पार्छ र चरम भग्नशील बनाउँछ । यस्तो भग्नशीलताले नेता, नीति र स्वयम् राष्ट्र पनि विलोपन पथगामी हुन्छ । अप्राकृतिक रूपबाट उपलब्ध विजय, खुसी र शक्ति सबै अस्थायी हुन्छन् । मानसिक, शारीरिक एवम् वैचारिक रुग्णतालाई उपचार गर्नुपर्छ तर त्यसलाई राष्ट्र निर्माणको जोडन बनाउने प्रयत्न गरियो भने सिंगो संरचना नै खतरामा पर्दछ ।
विश्व इतिहासको विभिन्न कालखण्डमा घटेका घटनाहरूलाई सिंहावलोकन गर्ने हो भने रुग्ण राजनेताको यथास्थितिवादी चिन्तन र निर्णय प्रक्रियामा आउने गत्यावरोधले ठूला–ठूला हानि नोक्सानी बेहोर्नुपरेका धेरै घटनाहरू छन् । यस सन्दर्भमा इरान, अमेरिका, रुस, बेलायत, फिनल्यान्ड र भारतमा घटेका घटनाहरू रोगी राजनेताहरूका अजीर्ण निर्णयहरू र तिनको प्रभावका कारण देशले भोगेका पीडाहरू यस आलेखका विषय हुनेछन् ।
तेलका बादशाहको पहिचान बनाएका इरानका शाह १९७७ देखि रक्त क्यान्सरबाट पीडित थिए । उनको बिमारी सार्वजनिक गरिएन, झन् रोग बढ्दै गयो । कार्य शिथिल हुन थाल्यो र परिणामत: राज्य विद्रोह भयो । विद्रोहले अतिवादीलाई प्रबलिकृत गर्यो । फलत तिनीहरूको हातमा सत्ता गयो । त्यसैबेला इरान–अमेरिका सम्बन्ध बिग्रियो र तनाव बढ्यो । अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले दोस्रो निर्वाचन हारे । यदि शाहको उचित उपचार भएको भए, रोग नलुकाइकन सहज रूपमा सत्ता हस्तान्तरण भएको भए, क्षेत्रीय तनाव नबढेको भए र त्यो अमेरिकी निर्वाचन कार्टरले जितेको भए आज इरानको बेग्लै अनुहार हुने थियो र शाहको बिरामीको अभिशाप इरान र सिंगो मध्यपूर्वले भोग्नुपर्ने थिएन ।
दादा इदि अमिनको नाम संसारका नरसंहारकहरूमध्ये सबैभन्दा अघिल्लो पंक्तिमा आउँछ । उनी न्भलभचब िउबचबथिकष्क या ष्लकबलभ को रोगी थिए । उनको यही मानसिक रुग्णताले देशलाई ताञ्जानियाको बुटमुनि थिच्यो । अकल्पनीय नरसंहारपछि इदि अमिन साउदी अरेबिया पलायन भए र आफू तथा राष्ट्र दुवैको अस्तित्व संकटमा पारे । लियोनिद ब्रेझनेभ १९७७ देखि नै घाँटीको क्यान्सरबाट पीडित थिए । उनको रोग राष्ट्रसामु खोलिएन र सत्तालिप्सा झन् बलशाली हुँदै गयो । यो अवस्थाले गैरजिम्मेदारी बढ्दै जाँदा शक्तिशाली सोभियत संघ कमजोर हुँदै गयो । फलत: बोरिस यल्तसिनको उदय भयो । सन् ९० को दशकमै रसिया विघटित हुन पुुग्यो । रसियाको सही नीति र नेतृत्व भएको भए सायद त्यो देशको भूगोल र इतिहासको आज अर्कै स्वरूप हुने थियो । सत्ताप्रतिको अतिआशक्ति पनि एक प्रकारको मनोरोग हुँदो रहेछ ।
पाशविक दमनकारी, शक्तिप्रति अति आशक्त र क्रूरताका पर्याय हिटलर जस्ता इतिहासका अनगिन्ती पात्रहरूलाई टिप्पणीकारहरूले अप्रमाणित पागलको संज्ञा दिएका छन् । अंशको संरक्षणमा सम्पूर्णता समाप्त गर्न उद्यत उनीहरूले सृष्टिकै संहार गर्दछन् । यस्ता शासकहरू सत्ताबाट जति छिटो बहिर्गमन गर्छन्, त्यति नै छिटो राष्ट्रको उत्थान प्रक्रिया अघि बढ्न सक्छ । नत्र आततायीको उत्थान र पतनको सिलसिलामै समय बगिरहन्छ, हत्या र विप्लव अनन्त चलिरहन्छन् ।
अपारदर्शी एवम् रहस्यमय जीवनशैली, जनसरोकारको बेवास्ता, आफ्नैं बचाइको विशिष्टतामा निर्माण हुने दृष्टिकोण र असहिष्णुताका कारण यो प्रवृत्तिका राजनेताहरू आम रूपमा भ्रष्ट पाइएका छन् । बिि उयधभच अयचचगउतक, बदकयगितभ उयधभच तभलमक तय अयचचगउत बदकयगितभथि लर्ड एक्टन भन्छन् ।
फ्राँ स्वाँ मितेराँ पनि प्रोस्टेट ग्ल्यान्डको क्यान्सरबाट पीडित थिए । उनको बिमारी पनि सार्वजनिक गरिएन । रोगद्वारा ग्रसित हुँदै जाँदा फ्रान्सका राजकीय निर्णयहरू प्रभावित हुन थाले । शासन सञ्चालनमा प्रतिकूल प्रभाव पर्न थाल्यो र अन्तत: एउटा सशक्त राष्ट्र कमजोर हुँदै शक्तिशाली अमेरिकाको लाचार छायाँ बन्न पुग्यो । एउटा जीर्ण साँढेले गाई ओगट्यो, न गोठ बढ्यो न गोरस पाइयो ।
यूएसएका राष्ट्रपति बिल्सन हाइपर टेन्सनका बिमारी थिए । उनको बिरामी सार्वजनिक गरिएन र स्वास्नी, छोराछोरीको आकांक्षाबमोजिम शासन चल्यो । फलत: लिग अफ नेसन्ससम्बन्धी सन्धि पास भयो र दोस्रो विश्वयुद्धको नरसंहारको कारण बन्न पुग्यो । राष्ट्रपति आइजन हावर बिरामी भएको हुँदा उनलाई नै केन्द्रबिन्दुमा राखेर अमेरिकी संविधानको सातौं संशोधन भयो । ‘अस्वस्थ राजनेतालाई गद्दी र बाँदरलाई जटासमेतको नरिवल’ भन्ने उखान विश्व इतिहासमा पटक–पटक दोहोरिन्छ, इतिहासबाट कसैले पाठ सिक्दैन र देश दण्डित हुुन्छ ।
भारतको विभाजन, पूर्वी तथा पश्चिम पाकिस्तानको निर्माण र राजनेताहरूको दुर्दान्त महत्वाकांक्षाबारे तत्कालीन भाइसराय लर्ड माउन्ट व्याटनले वस्तुगत टिप्पणी गरेका छन् । क्षयरोगग्रस्त जीवनका अन्तिम दिन गिन्ति गरिरहेका मोहम्मद अलि जिन्नाको राष्ट्रपति बन्ने महत्वाकांक्षाका कारण भारत विभाजित भयो । मुसलमानहरूले पाकिस्तान पाए र जिन्नाले राष्ट्रपति पद । तर, भारतको समस्या ज्यूँंका त्यूँं रह्यो । अपार धनजनको क्षति भयो । परमधाम हुनुअघि राष्ट्रपति नभई नहुने दूराकांक्षाले जिन्ना ग्रसित नभएको भए न भारत विभाजित हुन्थ्यो न गान्धी हत्या नै हुन्थ्यो । न त बंगलादेश स्वतन्त्र संग्राममा लाखौंको रगतको खोलो बग्थ्यो, न त करोडांै महिलाको हृदय विदारक बलात्कारको करुण कहानी बन्थ्यो । यो सबै रुग्ण शरीर र मानसिकता भारतीय उपमहाद्विपका तीन देशको अभिशाप थियो ।
रोगले मानिसलाई दिनहीन र खिन्न बनाउँछ । निर्णय क्षमतामा प्रतिकूल प्रभाव पार्दछ र यथास्थितिको बन्दी बनाउँछ । रोगीले समग्र परिवेशलाई गतिरोधयुक्त पार्दछ । यो स्थितिबाट व्रिटिस प्रधानमन्त्री राम्सी म्याकडोनाल्ड, पोल्यान्डका राष्ट्रपति मार्सल पिल्सद्भस्की तथा जर्मनीका हिन्डेनवर्ग ग्रसित देखिन्छन् । हिन्डेनवर्गको रोगले यथास्थितिवाद र यथास्थितिवादले ठूलो नरसंहार सिर्जना गर्यो । नेविन च्याम्बरलिनको बिरामीले दोस्रो विश्वयुद्धपछि कमजोर बेलायतको आधरशीला खडा भयो र ब्रिटेन शक्ति राष्ट्रको अघोषित आधिपत्यको बन्धनमा पर्यो ।
तर, १९८५ मा क्यान्सर थाहा भएपछि रोनाल्ड रेगनले भने रोगी राजनेताले सत्ता ओगट्नु हुँदैन, स्वस्थ एवम् सक्रिय व्यक्तिलाई सत्ता हस्तान्तरण गर्नुपर्छ र राज्यलाई रोगको भागिदार बनाउनु हुँदैन भन्ने मान्यता स्थापित गरे ।
ब्रिटिस प्रधानमन्त्री एन्थोनी इटन र अमेरिकी राष्ट्रपति जोहन एफ केनडी लागू औषधि सेवन गर्दथे । स्वेजनहर विवादताका यो विषय चर्चामा थियो । प्रधानमन्त्री एन्थोनीलाई उपचारका लागि जमैका लगियो । १०६ डिग्रीसम्मको ज्वरो आउँदा समेत औषधिको मात्रा बढाउँदै सत्तामा टाँसिरहने एन्थोनीलाई तप्त व्यक्ति ९ाभदचष्ब िएभचकयलबष्तिथ० को उपनामले चिन्ने गरिन्छ । उनले सन् १९५७ सम्म आइपुग्दा ब्रिटेनको सफल कूटनीति एवम् रक्षा नीतिलाई अधोगतितिर धकेलिदिएका थिए । यस अघिसम्म मध्यपूर्वको आधिपत्य ब्रिटिसहरूको हातमा थियो भने यसपछि अमेरिका प्रभावी हुन पुग्यो । स्वेजनहर समस्या समाधानमा गुमाएको ब्रिटिस साख पुन: स्थापित हुन सकेन ।
जे.एफ.केनेडी एड्रेनल इन्एफिसेन्सीका बिरामी थिए । यसै औषधिको प्रभावका कारण आफ्नै कार्यालयमा उपराष्ट्रपति निक्सनको गाला चड्काए । उत्तेजक औषधि प्रयोगकै कारण उनले क्युवामा अतिक्रमण गराए, माफिया सरगनाकी प्रेमिकालाई ह्वाइट हाउसको विशिष्ट पाहुना बनाए र आफ्नै रहस्यमय अन्त्यको आह्वान गरे ।
अल्जाइमर्सका बिरामी भएर पनि सत्तामा टिकिरहने मानसिकताका रोगीहरूका लागि एउटा तीखो व्यंग्य प्रयोग गरिएको छ ूतजभष्च mझयचथ या थभबचक नयलभ चझबष्लभम भहअभििभलत, तजभथ अयगमि लयत चझझदभच धजबत तजभथ जबम जबम ष्ल तजभ दचभबपाबकत यल तजभ कबmभ मबथू।
सिनेटर इग्लेटनलाई तीन पटक भएको डिप्रेसिभ एट्याकको खुलासाका कारण उपराष्ट्रपतिको उम्मेदवार बनाइएन । यो एउटा राम्रो निर्णय थियो । यसैगरी, सन् १९५६ मा फिनल्यान्डका राष्ट्रपति उह्रो केकोनेनलाई गम्भीर कूटनीतिक गल्ती गरेका कारण सत्ताच्यूत गरिएको थियो । उनी पनि अल्जाइमरकै रोगी थिए । उनले आफ्नो अशक्तता स्वीकारेका भए आज फिनल्यान्ड अर्कै हुन्थ्यो र अमेरिका राष्ट्रपति रुजबेल्टको मानसिक अवस्था ठीकै भए पनि शारीरिक अवस्था दयनीय थियो । उनका डाक्टरले ूक्ष्त मयभक लयत कभझ बलथ mभलतब िबिउकभ या बलथ पष्लम दगत उजथकष्अबििथ जभ ष्क वगकत नयष्लन उष्भअभक।ू भनेका छन ।
बोरिस यल्तसिन आफूलाई स्वस्थ सावित गर्न खुब नाचे । उनले डान्स क्लबहरूमा जति नाचे पनि समाजवादका शत्रुहरू रसियाको छातीमा ननाची छाडेनन् । बिरामी बोरिसले सवलताको नाटक नगरेका भए आज विशाल रसियाको अर्कैै स्वरूप हुने थियो ।
(लर्ड डेबिड ओबेनको कार्यपत्रबाट)
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply