झापालाई मेचीकै अरु जिल्लाको काउन्टर
काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षको एक प्रत्यासी के पी ओलीको गृह जिल्ला झापामा उनको पक्षमा आएको प्रतिनिधी संख्यालाई मेची अंचलकै अरु जिल्लावाट आएका माधव नेपाल समूहका प्रतिनीधिको संख्याले काउन्टर दिएको छ ।
झापामा कुुल ५९ प्रतिनिधी मध्ये ओली समूहमा ४३ र नेपाल समूहका १६ प्रतिनिधी आएका थिए । यो परिणामवाट केपी समूह उत्साहित भएपनि सो अंचलका अरु जिल्लाले झापालाई काउन्टर दिएका छन् । अन्य जिल्लामा ताप्लेजुंगको २ नं क्षेत्रमा सातमा सातै प्रतिनिधी आएका छन् भने क्षेत्र नं २ को परिणाम आईसकको छैन । यहाँवाट आउने ६ जनामा पनि सबै प्रतिनिधी नेपाल पक्षकै आउने जिल्लास्थित विश्वस्त सुत्रले जनायो । पाँचथरमा नेपाल पक्षका ८ र ओली पक्षका ३ प्रतिनिधी आएका छन् । त्यस्तै ईलाममा नेपाल पक्षका २६ र ओली पक्षका ८ प्रतिनिधी आएका छन् । यसरी हेर्दा मेचीमा झापा बाहेकका ३ जिल्लामा नेपाल समूह ओली समूह भन्दा ३६ ले अगाडी छ । जबकी झापामा ओली समुह २७ ले मात्र अगाडी छ । समग्र मेचीमा भने नेपाल समूह ओली समूह भन्दा ९ ले अगाडी छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply