पेशागतमा ओली समूह बढारियो माधवका भाईले जिते, इश्वरका सम्धीले हारे
काठमाडौं । नवौं महाधिवेशनका प्रतिनिधि चयनका लागि हिजो भएको मतदानमा पेशागत जिल्ला कमिटीमा अध्यक्षका प्रत्यासी केपी ओली समुुह बढारिएको छ । २७ जना प्रतिनिधिका लागि भएको मतदानमा सबै जना अर्का प्रत्यासी माधवकुमार नेपाल पक्षका आएका छन् ।
पेशागतवाट आएका प्रतिनिधीहरुमा केदारप्रसाद संजेल, भोलानाथ पोखरेल रोहित, बसन्तराज पाण्डे, दिपक सुवेदी, राजन रेग्मी, नारायण प्र सुवेदी, रामप्रसाद रिमाल, विष्णु लामिछाने, सरोज कुमार उपाध्याय, हेमनाथ पौडेल, मदनकुमार आचार्य, टिकाराम भट्टराई, नविन पौडेल, गगन विष्ट, लालबहादुर पाख्रिन, योगेन्द्र बहादुर सिंह, मोहनकुमार घिमिरे, नेत्र प्रसाद पौडेल, प्रेमकुमार पराजुली, सुुर्यबहादुर थापा, विष्णुप्रसाद फुुयाल, चित्रगुप्त साँवा महिला तर्फ सरोज कुमारी झा, राधिका ढकाल, कमला तुलाधर, प्रा.डा.पष्पा कर्ण र गंगा थापा छन् । सरोज, माधव नेपालका भाइ हुन् ।
उता, ओली समूहवाट महासचिवका उम्मदवार इश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले हारेका छन् । त्यस्तै केही महिना अघि मात्र गृहमन्त्रीको सल्लाहकारको जागीर खान गएका प्रदिप नेपालका भाइ समीर नेपालले पनि हारेका छन् । उनी पेशागत जिल्ला कमिटीका सचिव समेत हुन् । जिफन्ट अध्यक्ष तथा आफूलाई ओली समूहको भेट्रान भन्ने विष्णुु रिमाल कि पत्नी पनि पराजित भएकि छिन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply